केरा दुनियामा सबैभन्दा बढि खपत हुुने फल हो| केरामा विभिन्न प्रकारका पौष्टिक तत्वका साथै भिटामिन हुन्छ, जुन स्वास्थ्यको लागि निकै लाभकारी हुन्छ| केरामा क्याल्शियम, पोटाशियम, म्यग्नेशियम , भिटामिनका साथै फाइबर समावेश हुन्छ। केरा मुटुको स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक हुन्छ।
यदि तपाईं पातलो हुनुहुन्छ र आफ्नो तौल बढाउन कोशिस गर्दै हुनुहुन्छ भने प्रत्यक दिन बिहान केरा र दूध खानु निकै फाइदाजनक हुन्छ। धेरै मानिसहरूको मान्यता यस्तो छ कि रातको समयमा केरा खाँदा शरीरलाई नोक्सान हुन्छ। के यो सहि हो त ?
रातको समयमा केरा खाने कुरालाई लिएर मानिसहरुमा धेरै चासो हुनसक्छ| किनभने धेरै मानिस केराको सेवनले स्वास्थ्यमा नोक्सान पुर्याउँछ भन्ने गर्छन्| खागारी रातको समयमा केराको सेवन गर्दा चिसो लाग्नु तथा रुघा खोकी लाग्न सक्छ भन्ने विचार मानिसमा छ| यसको बारेमा कुनै पनि प्रकारको वैज्ञानिक प्रमाण भने छैन| तर आयुर्वेदका अनुसार रातमा केरा खाँदा घाँटी दुख्ने र चिसो लाग्न सक्छ। तर केहि आयुर्वेदिक विशेषज्ञका अनुसार भने रातमा केरा खाँदा केहि समस्या हुँदैन| धेरै रातको समयमा केराको सेवन भने हानिकारक साबित हुनसक्छ| अबेर रातको समयमा केराको सेवनले भने रुघा-खोकी, ज्वरो जस्ता समस्या देखा पर्न सक्छ| केरा भारी खानामा पर्छ र रातको समयमा यसलाई पचाउन गाह्रो हुन्छ|
यस्तोमा केरामा प्रशस्त मात्रामा फाइबर पाईन्छ| यसले हाम्रो मेटाबोलिजम शक्ति बलियो बनाउँछ| केरामा पोटाशियम पनि भरपूर मात्रामा हुन्छ, जसले उच्च रक्तचापबाट बचाउँछ|