बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र “दिल बेचारा” शुक्रबार डिस्नी हटस्टारमा रिलिज भइसकेको छ| सुशान्तका शुभ चिन्तक तथा धेरै चलचित्रकर्मीले उक्त चलचत्र हेरेर सुशान्तप्रति आफ्नो माया र सद्भाव प्रकट गरे| चलचित्र रिलिज अगाडि नै सबै समिक्षकले आफुले चलचित्रको समिक्षा नगर्ने र चलचित्र सुशान्तको बिना पनि आनन्द लिनुपर्ने बताएका थिए| फ्यानहरुले यस चलचित्रलाई निकै राम्रो रियाक्शन दिइरहेका छन्| यस्तोमा चलचित्र समिक्षक कोमल नाहटाले यस चलचित्रको समिक्षा गरेर “दिल बेचारा” लाई निराशजनक चलचित्र भनेका छन्| जसको कारण फ्यानले उनको चौतर्फी विरोध गरिरहेका छन्| सामाजिक संजालमा उनलाई फ्यानहरुले ट्रोल गरिरहेका छन्|
कोमल नाहटाले आफ्नो ट्वीटमा लेखे, “दुःखको कुरा यो हो कि ‘दिल बेचारा’ ले न स्वर्गीय सुशांत सिंह राजपूतको प्रतिभालाई न्याय गर्न सक्यो न त एक राम्रो चलचित्र नै हो। यो सुस्त र निराशाजनक छ।”
कोमल नाहटाको ट्वीट देखेर प्रशंसकहरू भडकिए र उनको चौतर्फी विरोध गर्न थालेका छन्। एक प्रयोगकर्ताले यस्तो लेखेका छन्, “कोमल नाहटा, राजीव मसन्द, अनुपमा चोपडा आदि जस्ता शर्मिला आलोचकहरूले सुशांत सिंह राजपूतलाई मानसिक चोट पुर्याएका छन, ऊ जीवित थियो नकारात्मक समीक्षा मात्र गरे। तर यी गिद्धहरू अझै पनि उस्तै छन्। दिल दुख्यो|”
अर्का एक जनाले लेखे, “मैले उनको एबीपी न्यूजसँग प्रत्यक्ष प्रसारण हेरेको थिएँ, जसमा उनले भाई-भतीजावादलाई समर्थन गरिरहेका थिए र “तिमीहरुको औकात के छ” भनेर कराउँदै थिए| तपाईंको उपस्थिति निराशजनक छ।”
त्यस्तै अर्का शुभ चिन्तकले लेखे, ” यस फिल्मलाई नकारात्मक समिक्षा गरेर तपाईंले आफैँले प्रमाणित गर्नुभयो कि तपाईं कति निर्दयी हुनुहुन्छ| यस फिल्मलाई कुनै पनि प्रकार समिक्षा गर्नु हुँदैन! धिक्कार छ तपाईंलाई! तपाईं प्रति मलाई दया आउँछ|”
साथै एक जनाले लेखे, “यो फिल्मलाई कुनै पनि समिक्षा गर्नु ठिक हुँदैन| तपाईंले यस फिल्मलाई नकारात्मक अभिवाक्ति दिनु भयो, विश्वास लागिरहेको छैन| हामीले सुशान्तलाई अन्तिमपल्ट पर्दामा देख्दै छौँ, र उनले आफ्नो कम निकै राम्रो गरेका छन्|”