भगवान शिवको एक मात्र अवतार जसको पूजा गरिदैन ! यस्तो छ कारण …

हिन्दू धर्ममा त्रिदेव(ब्रह्मा, विष्णु, महेश) को निकै महत्व छ| ३३ करोड देवी-देवतामा अधिकांश भगवानको अवतार थिए| तर पुराणका अनुसार भगवान शिवले पनि १९ अवतार लिनु भएको थियो| जसमा १८ अवतारको त पूजा गरिन्छ तर १ अवतारको भने पूजा गरिदैन|

अश्वत्थामा

कौरव-पाण्डवका गुरु द्रोणाचार्यका छोरा अश्वत्थामालाई भगवान शिवको १९ औं अवतार मानिन्छ। द्रोणाचार्यले शिवको कठोर तपस्या गरेपछि उनीलाई अश्वत्थामाको रूपमा सन्तान प्राप्ति भयो। भगवान शिव जसलाई काल र रुद्र भनेर पनि चिनिन्छ, उहाँको अवतारको रूपमा जन्म लिएका अश्वत्थामा एक महान, शक्तिशाली र अत्यन्त क्रोधित योद्धा थिए। पछि अश्वत्थामा महाभारतको युद्धमा महत्वपूर्ण पात्र बने जसले कौरवहरूको तर्फबाट यस युद्धमा भाग लिएका थिए।

महाभारतको युद्ध समाप्त भएपछि अश्वत्थामाले पाण्डवका पाँचजना छोराहरूको निद्राको अवस्थामा वध गरे। छोराहरू गुमाएका  निराश पाण्डव र भगवान कृष्ण अश्वत्थामा भएको ठाउँमा पुगे। अर्जुनले क्रोधमा ब्रह्मास्त्र प्रयोग गर्ने निर्णय गरे। अर्जुन बाहेक अश्वत्थामा मात्र एक यस्ता योद्धा थिए जो ब्रह्मास्त्र प्रयोग गर्न जान्दथे। उनले पनि अर्जुनमा ब्रह्मास्त्र प्रयोग गर्ने निर्णय गरे। ब्रह्मास्त्रले चारैतिर विनाश निम्त्याउन सक्ने भएकोले नारद मुनि र वेद व्यास उनीहरूलाई रोक्न आए।

अर्जुनलाई ब्रह्मास्त्रको दिशा कसरी बदल्ने भन्ने राम्रोसँग थाहा थियो तर अश्वत्थामाको लागि यो सम्भव थिएन। उनले यो ब्रह्मास्त्रलाई अभिमन्युको गर्भवती पत्नी उत्तरातर्फ चलाए। उत्तराको ब्रह्मास्त्रको कारण निधन भयो। यस अपराधको श्रापमा, भगवान श्रीकृष्णले अश्वत्थामालाई श्राप दिए कि सृष्टिको अन्त सम्म अश्वत्थामा यस पृथ्वीमा एक्लै भौतारिरहनु पर्नेछ। भनिन्छ कि आज पनि अश्वत्थामा पृथ्वीमा भौतारिरहेका छन्।

प्रकाशित : सोमबार, साउन १२, २०७७१४:०६

५५८ वर्ष पछि रक्षावन्धनमा बन्दै छ शुभसंयोग, यी राशिको लागि हुनेछ अत्यन्त शुभ !