कालापानी, लिम्पियाधुरा क्षेत्रमा प्रवेश गर्न नेपाली माथि भारतले रोक लगायो !

काठमाडौँ – भारतले कालापानी,लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश माथि रोक लगाएको छ। भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई एक पत्र पठाएर नेपालीहरुको प्रवेश माथि रोक लगाएको जानकारी गराएको हो। गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको छ।

“बिभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्। अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला।”,पत्र पठाउँदै भारतको धार्चुला प्रशासनले भनेको छ।

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेपनि ती क्षेत्र भारतको कब्जामा छ। नेपाल सरकारले हालै कालापानी नजिक छाङ्‍रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेको छ। तर, भारतीय पक्षले कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मीलाई समेत जान दिएको छैन।

कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश भएको नयाँ नक्सा सार्वजनिक भएपछि भारतीय सुरक्षाकर्मीहरु तल सम्म आएर नेपाली भूमि कब्जा गरेर बसेका छन्।

प्रकाशित : सोमबार, साउन १२, २०७७०८:५५

महाबौद्धका दुई जनामा कोरोनाको पुष्टि !