भोलि साउन १३ गते कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आयात-निर्यात सम्बन्धि व्यापारमा विशेष लाभ प्राप्त हुने देखिन्छ| दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ| यात्राको योग बन्ने देखिन्छ| प्रिय व्यक्तिका साथको भेटले मन प्रशन्न रहनेछ| आर्थिक लाभ तथा वाहन सुख प्राप्त हुनेछ| व्यर्थको वाद-विवादबाट टाढा रहनु नै राम्रो हुनेछ|

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ| निर्धरित कार्य सफलतापूर्वक सम्पन्न हुने देखिन्छ| शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ| आर्थिक लाभ प्राप्त हुने सम्भावना छ| कुनै पनि प्रकारको बिमारी छ भने पनि यस दिन राहतको अनुभव हुनेछ| कर्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नुका साथै लाभ प्राप्त हुने देखिन्छ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सन्तान तथा जीवनसाथीको स्वास्थ्यलाई लिएर मनमा चिन्ता बढ्नेछ| वाद-विवाद तथा कुनै चर्चाको वहसबाट टाढा नै रहनुहोला| आत्मसम्मानमा ठेस पुग्ने र स्त्री मित्रबाट खर्च बढ्ने वा क्षति हुने सम्भावना रहेको छ| पेट सम्बन्धि बिमारीले सताउन सक्छ| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ देखिन्छ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| छाती दुखाई वा स्वास्थ्यमा कुनै प्रकारको गडबडले परिवारमा अशान्तिको माहोल सिर्जना गर्न सक्ला| स्त्री मित्रसँग मनमुटावको अवस्था सिर्जना हुनसक्छ| धन खर्च हुने सम्भावना रहेको छ| सार्वजनिक रूपमा मानहानि हुँदा मन दुखी रहनेछ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

घरमा कुनै प्रकारको शुभ आयोजना हुने सम्भावना रहेको छ| मित्रगण तथा आफन्तजनसँग यात्राको योग बन्ने देखिन्छ| शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ| आर्थिक लाभ तथा प्रिय व्यक्तिसँगको साथले मन खुशी रहनेछ| नयाँ कार्य गर्नको लागि समय उत्तम रहेको छ| कुनै पनि कार्यमा भाग्यको साथ मिल्ने छ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा आनन्दमय वातावरण कायम रहनेछ| मधुर बोली र न्यायप्रिय व्यवहारले तपाईंसँग मानिस प्रशन्न हुनेछन्| आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ| खर्चमा वृद्धि हुनाले आर्थिक पक्ष कमजोर रहने देखिन्छ|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको कला क्षेत्रम्मा रुचि बढ्नेछ| कलात्मक तथा रचनात्मक क्षमतामा निखार आउनेछ| शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउनेछ| मित्रजन तथा परिवारसँग मनोरन्जनात्मक समय बित्नेछ| आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ| स्वादिष्ट एवम उत्तम भोजन, नयाँ वस्त्र तथा वाहन सुख प्राप्त हुने देखिन्छ| प्रिय व्यक्तिको साथ पाएर मन प्रशन्न रहनेछ|

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या देखा पर्न सक्छ| आकस्मिक दुर्घटना हुन सक्ने सम्भावना रहेकोले सतर्क रहनुहोला| स्वभावमा उग्रता र क्रोधित बोली हुनसक्छ| मानहानि तथा धन हानि हुने सम्भावना रहेको छ| असंयमित व्यवहारले गर्दा समस्या निम्तिन सक्छ| खर्चमा वृद्धि हुने देखिन्छ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक, सामाजिक तथा पारिवारिक दृष्टिले तपाईंको लागि यस दिन लाभदायी रहनेछ| गृहस्थजीवन आनन्दमय र सुखमय रूपले बित्नेछ| मित्रगणको साथ रमाइलो यात्राको योग बन्ने देखिन्छ| पत्नी तथा छोराबाट लाभ प्राप्त हुने सम्भावना छ| आयमा वृद्धि र व्यापारमा लाभ प्राप्त हुने योग रहेको छ| स्त्री मित्रबाट लाभ मिल्नेछ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन संघर्षपूर्ण रहनेछ| आगो,पानी र वाहन सम्बन्धि दुर्घटनाबाट बच्नुहोला| व्यापार व्यवसायका कारण मनमा विग्रता रहनेछ| व्यापारिक कारणले यात्राको योग बन्नेछ| कर्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्| पदोन्नतीको योग रहेको छ| गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ| धन लाभ हुनुका साथै मान सम्मान प्राप्त हुनेछ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको लागि यस दिन मिश्रित फलदायी रहनेछ| मानसिक तथा शारीरिक स्वास्थमा समस्या देखा पर्न सक्छ| कुनै पनि कार्य पूरा गरको लागि मन लाग्ने छैन| अधिक खर्च हुँदा आर्थिक पक्ष कमजोर हुनेछ| यात्राको योग बन्नेछ| वैदेशिक क्षेत्रबाट शुभ खबर प्राप्त हुनेछ| सन्तान सम्बन्धि समस्याले मन चिन्तित रहनेछ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अधिक परिश्रम गर्दा पनि अपेक्षाकृत सफलता मिल्ने छैन| मानसिक तथा शारीरिक तनाब बढ्नेछ| आकस्मिक धन लाभको योग रहेको छ| व्यापार व्यवसायमा विशेष सफलता प्राप्त हुनेछ| स्वास्थ्यमा समस्या देखा पर्न सक्छ| अधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनेछ| अनैतिक कार्यबाट टाढा नै रहनुहोला|

प्रकाशित : सोमबार, साउन १२, २०७७१४:०३

आउने सोमबार सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !