कोरोना फैलिएको आशंका पछि काठमाडौंका व्यस्त बजार बन्द !

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि राजधानीको भोटाहिटी, असन र महाबौद्ध लगायतका क्षेत्र ठप्प भएको छ। अहिले त्यहाँका सम्पूर्ण पसलहरु बन्द भएका छन्।

महाबौद्धका दुई जना व्यापारीमा कोरोना देखिएसँगै आइतबार देखि त्यस क्षेत्रमा चहलपहल ठप्प भएको छ। त्यस क्षेत्रका अधिकांश पसलहरु खुलेका छैनन्।

महाबौद्ध गणेश मन्दिर नजिक पसल भएका भारतीय नागरिक धीरज शाह र अञ्जु शाहमा आईतबार स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो । जसपश्चात त्यस क्षेत्रका पसल भट्टाभट बन्द भएका थिए।

दुई जनामा कोरोनाको पुष्टि भएसँगै काठमाडौं महानगरपालिका वडा नम्बर २७का वडा कार्यालयले कोरोना पुष्टि भएका दुवै जनाको सम्पर्कका आएका सम्पूर्णलाई कोरोना परीक्षण गराउन आग्रह गरेको छ।

“भारत घर भई गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुने महानुभावले यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध छ।”,वडा अध्यक्ष चिनियामान बज्राचार्यले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित : सोमबार, साउन १२, २०७७१०:५७

रहेनन् हक्की स्वभावका कम्युनिष्ट नेता चापागाईँ