यस रोगको कारण बिग्रिएको थियो अमिताभको ७५% कलेजो, २५% कै भरमा बाँचिरहेछन् !

एजेन्सी – बलिउडका महानायक अमिताभ बच्चन ७९ वर्षका भईसकेका छन्। सन् १९४२ मा अक्टोवर ११ तारिखको दिन अमिताभ जन्मिएका हुन्। अमिताभ तत्कालिन ब्रिटिस इण्डियाको अलाहाबाद(प्रयागराज)मा जन्मिएका थिए।

कयौं फिल्म फ्लप भएपश्चात बलिउडबाट पलयान हुने सोचेका अमिताभ “जंजीर” नामक चलचित्र हिट भएपछि बलिउडमा स्थापित भएका थिए। लगातार फ्लप भैरहेका अमिताभलाई “जंजीर”ले स्टार बनाइदिएको थियो। “जंजीर” चलचित्र हिट भएपछि उनले कयौं हिट चलचित्र दिए। ७७ वर्षको उमेर सम्म आइपुग्दा पनि अमिताभ अझै अभिनयमै व्यस्त छन्।

७७ वर्षीय अमिताभ अझै पनि फिट देखिन्छन्। यो उमेरमा पनि अमिताभ कम उमेरका कलाकार सरह नै सक्रिय छन्। उनको सक्रियता देख्दा यस्तो लाग्छ की उनलाई कुनै रोग नै छैन, उनी पूर्णतया स्वस्थ छन्।

वास्तविकतामा भने अमिताभ पूर्णतया स्वस्थ भने छैनन्। विभिन्न मिडियाहरुमा आएका समाचार अनुसार अमिताभ मात्रै २५ प्रतिशत कलेजोको भरमा बाँचीरहेका छन्, उनको ७५ प्रतिशत कलेजो खराब भैसकेको छ।

७५ प्रतिशत कलेजो खराब भैसकेको बारे अमिताभले एक टेलिभिजन च्यानलसँगको एक साक्षात्कारमा खुलाएका थिए।

“क्षयरोग (टीबी) र हेपेटाइटिस बी बाट पीडित भएको व्यक्ति हुँ भन्न मलाई कुनै आपत्ति छैन। मेरो कलेजो को ७५% भाग खराब छ र म २५% कलेजोको भरमा बाँचिरहेको छु।”,पाहुना बनेर एक टेलिभिजन च्यानल पुगेको समयमा अमिताभले भनेका थिए,”म क्षयरोग (टीबी)बाट पिडित भएको म आफैंलाई ८ वर्ष सम्म थाहा थिएन।”

प्रकाशित : सोमबार, साउन १२, २०७७१३:१९

एकै उमेर भए पनि धेरै फरक देखिन्छन् यी बलिउड कलाकार, कोहि बुढा देखिन्छन् त कोहि जवान !