अब शेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा पाइने !

शेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार मार्जिन ल्यान्डिङ प्रकृतिको शेयर धितो राखी प्रवाह हुने कर्जामा सो व्यवस्था भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

धितोवापत राखेको शेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १२० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म शेयर धितो कर्जा प्रवाह गर्न सकिनेछ ।

एकपटक प्रवाह गरिसकेको यस्तो कर्जाको धितोमा रहेको शेयरको पुर्नमूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न नपाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७०३:३२

नेकपा संकट: वामदेवले ल्याए ‘सुपरग्लु’, पार्टी फुटनबाट जोगिएला ?