शल्यक्रिया गर्दा बिरामीको पेटबाट निस्कियो यस्तो चिज डाक्टर समेत चकित !

एजेन्सी- नयाँ दिल्लीमा रहेको देशकै सबैभन्दा ठुलो सरकारी अस्पताल अखिल भारतीय आयुर्विज्ञान संस्थान(AIIMS) मा एक अनौठो र चुनौतिपूर्ण केस आयो| वास्तवमा एक पुरुषले २० सेन्टिमिटर लामो चक्कु निलेका थिए र उक्त चक्कु त्यस मानिसको पेटमा गएर अड्किएको थियो| डाक्टरको टोलीले लगभग ३ घण्टाको शल्यक्रिया पछि सो व्यक्तिको पेटबाट चक्कु निकालेर बिरामीको ज्यान बचाए|

डाक्टरहरु यो कुरा देखेर चकित भए कि त्यति लामो चक्कु निलेर पेटसम्म पुग्दा पनि घाँटीको स्वास नली, फोक्सो, हृदय जस्ता भागहरुलाई कुनै पनि प्रकारको असर पुर्याएन| एम्सको ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी र कलेजो प्रत्यारोपण विभागका प्राध्यापक डा. निहार रन्जन दासले भने, यो चक्कुले मुखबाट कलेजोसम्म पुग्दा अन्ननली, योनी, मुटु वा ठूलो आन्द्रा सजिलै काट्न सक्थ्यो।

पीडित व्यक्ति हरियाणाको वासिन्दा हुन् र उनी मजदूरी गरेर आफ्नो जीवन चलाउछन्| उनीलाई ला-गू पदार्थ सेवन गर्ने लत लागेको थियो| उक्त व्यक्तिले डाक्टरलाई बताए कि यस कोरोना भाइरसको कारण लकडाउनको बेलामा उनलाई चक्कु खाने इच्छा जाग्यो र उनले चपाउने प्रयास गरे तर चक्कु निलियो| यसकारणले उसलाई धेरै समस्या आउन थाले जस्तै वजन निकै कम हुन लग्यो, ज्वरो आउने, पेट दुख्ने| र उनको पेट दुखाई निकै असहनीय भएपछि उनी स्थानीय अस्पताल पुगे र त्यहाँबाट उनलाई  दिल्लीको अस्पताल पठाइयो|

डा. दासले बताए कि पेटको अल्ट्रा साउण्ड र एक्स-रे गरेपछि पेटमा चक्कु छ भनेर थाहा भयो| उक्त बिरामी १२ जुलाईमा एम्स अस्पताल आएका थिए| उनलाई कोरोना भाइरस संक्रमण भने थिएन| डा. दासका अनुसार सिटि स्क्यानको मद्दतले पेटको कुन भागमा चक्कु अड्केको छ भनेर पत्ता लाग्यो| चक्कुले उसको सानो आन्द्रा छेडेर कलेजोसम्म पुगेको थियो। जसको कारण संक्रमण र साथ साथै रगत बग्ने भएको थियो र त्यहाँ पीप पनि जमेको थियो। उनले भने कि उनको हेमोग्लोबिनको स्तर पनि निकै कम थियो र तौल पनि घटेको थियो। उसको छातीको दाहिने पट्टि पानी जमेको थियो।

यस्तोमा तत्काल शल्यक्रिया गर्न सम्भव नभएको कारण पहिला अन्य समस्याको उपचार गरियो र उनको शरीरमा रगत चडाइयो| उनलाई एन्टिबायोटिकको ओभरडोज दिइयो। डाक्टरहरूले भने कि उनको शरीरबाट दैनिक १०० मिलिलिटर पीप पाइपबाट ४-५ दिनसम्म निकालियो। उनको छातीमा जमेको पानी पनि निकालियो| यस अवधिमा उनलाई मनोवैज्ञानिक परामर्श पनि दिइयो। र करिब ७ दिन पछि जब उनको अवस्थामा अलि सुधार आयो, हामीले उहाँको शल्यक्रिया गर्यौं।

डा. दासले भने कि जुलाई १९ मा चक्कु तीन घण्टाको सफल शल्यक्रिया पछि निकालियो। बिरामीको अवस्था अब खतरा भन्दा बाहिर छ।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७१३:३१

दुनियाको एक अनौठो गाउँ, जहाँका मुखिया खाना एउटा देशमा खान्छन् र सुत्छन् अर्कै देशमा !