“नेपालीलाई नेपालीकै जमिनमा रोक्ने अधिकार भारतसँग छैन, सरकारले तत्काल प्रतिवाद गरोस्”

काठमाडौँ – भारतले कालापानी,लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश माथि रोक लगाएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमला थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

भारतको धार्चुला जिल्ला प्रशासनले नेपालको दार्चुला जिल्ला प्रशासनलाई एक पत्र पठाउँदैगुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै उक्त क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाएको जानकारी गराएको थियो। नेपालको भूमिलाई आफ्नो दावी गर्दै भारतले कब्जा जमाएको विषय प्रति थापाले ट्वीटर मार्फत ओलीको ध्यानाकर्षण गराएका हुन्।

नेपालको अविभाज्य भूमीमा नेपालीलाई प्रवेश निषेध गर्ने अधिकार कसैलाई नरहेको उल्लेख गर्दै थापाले भारतको उक्त नेपालले उक्त आदेश सिधै अस्विकार गर्ने बताएका छन्।

साथै थापाले भारतीय पक्षले पठाएको उक्त पत्रको कुटनीतिक माध्यमबाट तत्काल प्रतिवाद गर्न पनि माग गरेका छन्।

“नेपालको अविभाज्य भूमीमा नेपालीलाई प्रवेश निषेध गर्ने अधिकार कसैलाई छैन।यस्ता आदेश हामी अस्विकार गर्छौ। सरकारले तत्काल कुटनीतिक माध्यमबाट प्रतिवाद गरोस्।”,प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै थापाले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७०७:०८

पर्सिदेखि होटल, पर्यटन खुल्दै ! कस्तो छ स्वास्थ्य सुरक्षा ?