“ओली पनि राष्ट्रघाती निस्किए, नक्सा निकाल्ने बाहेक अरु सिन्को पनि भाँच्न सकेनन्”

काठमाडौँ – ग्रेटरनेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले कालापानी-लिपुलेक लगायतका क्षेत्र फिर्ता गराउन नयाँ नक्सा सार्वजनिक गर्ने बाहेक अन्य कुनै पनि कार्य वर्तमान सरकारले गर्न नसकेको आरोप लगाएका छन्।

भारतको धार्चुला जिल्ला प्रशासनले नेपालको दार्चुला जिल्ला प्रशासनलाई कुटनीतिक मर्यादा नाघेर पत्र पठाएको विषयमा टिप्पणी गर्दै नेपालले यस्तो आरोप लगाएका हुन्। केपी शर्मा ओलीले नेपाली जनतालाई ढाँटेको उनको आरोप छ।

“जुलाई १४ मा धार्चुलाका डेपुटी मजिस्ट्रेटले दार्चुलाका सिडिओलाई दार्चुलाको कालापानी, गुन्जी र लिम्पियाधुरालाई इन्डियाको भूमि भनेर त्यहाँ जानबाट नेपालीलाई रोक्न र गएको थाहा भए सूचना दिन हिन्दी भाषामा पत्र लेखेर अह्राएपछि केपी शर्मा ओलीले लिम्पियाधुरासम्म समेटेर नेपालको राजनीतिक नक्सा निकाले बाहेक थप सिन्को नभाँचेको स्पष्ट भएको मात्र होइन , त्यस क्षेत्रको नेपाली सार्वभौमसत्तामाथि अभूतपूर्व सङ्कुचन आएको देखिएको छ ।”,नेपालले फेसबुकमा लेखेका छन्।

दुई देशको विषयका मुद्दामा परराष्ट्र मन्त्रालयको भूमिका हुनुपर्नेमा गृहमन्त्रालय अकर्षित हुने गरी पत्र लेख्नु कूटनीतिक मर्यादाविपरीत हुन जाने उल्लेख गर्दै नेपालले सामान्य कूटनीतिक हैसियत समेत भारतके बिर्सिएको आरोप लगाएका छन्।

नेपालले फेसबुकमा यसो लेखेका छन् –

केपी शर्मा ओलीले नेपाली जनतालाई ढाँटे

जुलाई १४ मा धार्चुलाका डेपुटी मजिस्ट्रेटले दार्चुलाका सिडिओलाई दार्चुलाको कालापानी, गुन्जी र लिम्पियाधुरालाई इन्डियाको भूमि भनेर त्यहाँ जानबाट नेपालीलाई रोक्न र गएको थाहा भए सूचना दिन हिन्दी भाषामा पत्र लेखेर अह्राएपछि केपी शर्मा ओलीले लिम्पियाधुरासम्म समेटेर नेपालको राजनीतिक नक्सा निकाले बाहेक थप सिन्को नभाँचेको स्पष्ट भएको मात्र होइन , त्यस क्षेत्रको नेपाली सार्वभौमसत्तामाथि अभूतपूर्व सङ्कुचन आएको देखिएको छ । यसबाट प्रधानमन्त्रीले इन्डियाविरोधी कुरा गरेर इन्डियालाई नै सघाइरहेको भन्ने बुझ्न बाध्य हुनुपरेको छ । दुई देशको विषयका मुद्दामा परराष्ट्र मन्त्रालयको भूमिका हुनुपर्नेमा गृहमन्त्रालय आकर्षित हुने गरी पत्र लेख्नु कूटनीतिक मर्यादाविपरीतको काम हो , तर इन्डियाले सामान्य कूटनीतिक हैसियत पनि बिर्सिएर हामीसँग तल्लो तहको व्यवहार गरेकोे छ । धार्चुला जिल्लाका उपअधिकारीले उत्तराखण्डको अर्को जिल्लाका अधिकारीलाई लेख्ने शैलीमा नेपालका प्रमुख जिल्ला अधिकारीलाई अह्रनखटन गरेर पत्र लेखेको यति लामो समय भइसक्दा पनि सरकारले यसलाई गोप्य राख्नु अर्थपूर्ण मात्र होइन रहस्यमय पनि छ । यसले केपी शर्मा ओलीको  निरीहतामात्र प्रदर्शन गरेको छैन उनले सूचना लुकाएर राष्ट्रघात गर्न खोजेको पनि उजागर गरेको छ ।

नक्सामा लिम्पियाधुरा राख्तैमा जमिन फर्किएको मानिँदैन भन्ने लाटाले पनि बुझ्ने कुरा हो तर ओली भने इन्डियाबाट लिम्पियाधुरा-कालापानी फर्काउँछु भनेर जनतालाई ढाँट्दै आफू राष्ट्रवादी भएको नाटकमात्र गरिरहेका छन् ।

यो प्रतिकूल परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाली सेनालाई त्यो भूमि रक्षा गर्न आदेश दिनुबाहेक अरू कुनै विकल्प बाँकी छ भने त्यो के हो नेपाली जनता जान्न व्यग्र छन् ।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७०८:५२

अब कामपाका विद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम !