प्रहरी हेडक्‍वार्टरमा कोरोना: २७ जनामा पुष्टि !

काठमाडौँ – प्रहरी प्रधान कार्यालय, नक्सालका कार्यरत दुई दर्जन भन्दा बढी प्रहरीका कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। एक हप्ता भित्रको समयमा गरिएको परीक्षणका क्रममा प्रहरी हेडक्‍वार्टर कार्यरत २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

कोरोना संक्रमणको पुष्टि भएका सम्पूर्ण प्रहरीहरुलाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोरोना पुष्टि भएकाहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमध्ये एकमा पठाउने तयारी गरिएको छ।

संक्रमित २७ जना प्रहरीको सम्पर्कमा आएका अन्य ३६ जना प्रहरीलाई सामाखुसीस्थित क्‍वारेन्टाइनमा राखिएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ।

साथै उनीहरुको पिसिआर परीक्षण लगायतका स्वास्थ्य जाँच प्रक्रिया पनि अगाडी बढाइएको छ।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७१०:०५

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक ! कुन देशमा कहिले छ उडान ? [पूर्वविवरण]