उपत्यका कोरोनाको केन्द्रविन्दु बन्न सक्ने खतरा, एकै दिन भेटिए ४ दर्जन भन्दा बढी संक्रमित !

काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकामा ४ दर्जन भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ दर्जन भन्दा बढीमा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नव-नियुक्त प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा उपत्यकाका तीनै जिल्लामा गरी ५३ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

उनका अनुसार मंगलबार सबै भन्दा धेरै काठमाडौँमा कोरोनाको पुष्टि भएको छ। काठमाडौं जिल्लामा ४८ जना, ललितपुरमा ४ र भक्तपुरमा १ जना गरी ५३ जनामा कोरोनाको पुष्टि भएको गौतमले बताए।

यस्तै बितेको २४ घण्टामा देशभर ३ सय ११ जनामा कोरोनाको पुष्टि भएको छ। जससँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ। यस्तै बितेको २४ घण्टामा नेपालका १ सय २१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ।

कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७११:२६

अस्ट्रेलियाको डढेलोबाट तीन अर्ब जीवजन्तु प्रभावित !