मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मानसिक स्वास्थ्यमा सुधार आउनेछ| बोलीमा संयम राख्नुहोला, अन्यथा नराम्रो घटना घट्न पनि सक्छ| शत्रुले हानि पुर्याउन सक्ने हुँदा सतर्क रहनुहोला| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन| आध्यात्मिक सिद्धि प्राप्त गर्ने उत्तम योग रहेको छ| दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ|
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिवारको साथ कुनै सामाजिक आयोजान वा यात्रामा जाने अवसर मिल्नाले दिन आनन्दमय रूपले बित्नेछ| सामाजिक जीवनमा मान-सम्मान प्राप्त हुनेछ| वैवाहिक जीवन सुखमय रहनेछ| कर्यक्षेत्रमा सहकर्मीको भरपूर साथ मिल्नेछ| आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ| वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ|
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अधुरा रहेका केहि महत्वपूर्ण कार्य पूरा हुन सक्ने देखिन्छ| परिवारमा आनन्दमय तथा उल्लासको महोल बन्नेछ| शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ| आफ्नो क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ| अनावश्यक खर्च बढ्नाले आर्थिक पक्ष कमजोर हुनेछ| कर्यक्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना रहेको छ| शत्रु पराजित हुनेछन्|
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ, खासगरि पेट सम्बन्धि समस्या देखा पर्न सक्छ| आकस्मिक धन खर्च हुँदा आर्थिक समस्या आउन सक्छ| प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ| विपरित लिंगी प्रति आकर्षण बढ्नेछ| नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन|
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पारिवारिक मनमुटावको स्थिति सिर्जना हुनसक्छ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| घर-जग्गा तथा वाहन खरिद-बिक्रि गर्नको लागि समय उत्तम छैन| मनमा नकारात्मक विचार उत्पन्न हुनेछ| पानीबाट बच्नुहोला| कर्यक्षेत्रमा महिला सहकर्मीबाट सवाधान रहनुहोला| आमाको साथ मनमुटाव हुनसक्छ|
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भाई-बहिनीको सम्बन्धमा सुधार आउनेछ| मित्रगण तथा आफन्तजनको साथ भेटघाट गर्ने अवसर मिल्नेछ| गूढ रहस्यमय विद्या प्रति आकर्षण बढ्नेछ र त्यसमा सिद्धि प्राप्त हुने सम्भावना छ। विरोधी तथा शत्रु शक्तिशाली हुनेछन्, सतर्क रहनुहोला| भावनात्मक सम्बन्ध स्थापना हुने देखिन्छ| आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ|
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ| क्रोध तथा वाणीमा संयम नरहँदा पारिवारिक कलह बढ्न सक्छ| अनावश्यक खर्च बढ्नेछ| विद्यार्थी वर्गको लागि समय प्रतिकूल रहनेछ| अनैतिक कार्य गर्नबाट टाढा नै रहनुहोला| शारीरिक स्वास्थ्यमा खराबी आउन सक्छ, ध्यान दिनुहोला| कुनै कारणवश मनमा ग्लानि भावना रहनेछ|
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

वृश्चिक राशिको लागि यस दिन शुभ रहनेछ| शारीरिक तथा मानसिक रूपले प्रशन्नता छाउनेछ| पारिवारिक जीवन आनन्दमय रूपले बित्नेछ| मित्र तथा आफन्तजनबाट उपहार मिल्ने सम्भावना रहेको छ| प्रिय व्यक्तिका साथको भेटले मन प्रशन्न रहनेछ| मांगलिक कार्यमा सामेल हुने अवसर मिल्नेछ| दाम्पत्य जीवन सुखमय रहनेछ| धन लाभ हुने सम्भावना रहेको छ|
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

क्रोध तथा वाणीमा संयम नरहँदा पारिवारका अन्य सदस्यका साथ मनमुटावको अवस्था सिर्जना हुनसक्छ| आकस्मिक दुर्घटना हुन सक्ने सम्भावना रहेकोले सतर्क रहनुहोला| खर्चमा वृद्धि हुँदा आर्थिक पक्ष कमजोर हुनेछ| व्यर्थको काममा समय खर्च हुन सक्ने हुँदा कार्य सुरु गर्नु अघि ध्यान दिनुहोला|
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मकर राशिको लागि यस दिन हरेक क्षेत्रमा लाभदायक हुनेछ| मित्रगणको साथ भेटघाट गर्ने अवसर मिल्नेछ| प्रिय व्यक्तिसँगको रोमान्चक भेटले मन प्रशन्न रहनेछ| वैवाहिक जीवन निकै सुखमय रूपले बित्नेछ| आयमा वृद्धि हुनेछ| कर्यक्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना रहेको छ| गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ|
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

हरेक कार्य सरलतापूर्वक सफल हुने देखिन्छ| कर्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ| सरकारी क्षेत्रबाट लाभ प्राप्त हुने सम्भावना रहेको छ| उच्च पदाधिकारीको भरपूर सहयोग मिल्नेछ| शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ| पदोन्नतिको योग रहेको छ साथै धन लाभ हुने सम्भावना रहेको छ| गृहस्थजीवन आनन्दमय रूपले बित्नेछ| सामाजिक मान-प्रतिष्ठा बढ्नेछ|
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मानसिक तथा शारीरिक थकानको महशुस गर्नुहुनेछ| कार्यमा अपेक्षाकृत सफलता नमिल्दा मन चिन्तित रहनेछ| कर्यक्षेत्रमा उच्च पदाधिकारीसँग सजक रहन जरूरी देखिन्छ| सन्तानको कारण मन चिन्तित रहनेछ| अनावश्यक पैसा खर्च हुँदा आर्थिक पक्ष कामजोर हुनेछ|

