शारिरको वजन घटाउनुछ भने आजैबाट त्याग्नुहोस् यी बानि !

एजेन्सी- आजभोली बच्चा देखी वृद्ध सम्म लाई मोटोपनको समस्या देखिने गर्छ । यस समस्याबाट छुटकारा पाउन धेरै मुश्किल हुने गर्छ कि शरिरको तौल सजिलै बढाउने सकिने भएपनि यसलाई घटाउन धेरै गाह्रो हुन्छ । आफ्नो शरिरको तौल घटाउनका लागि मान्छेहरु धेरै मेहेनत गर्ने गर्छन। उनीहरु तौल कम गर्नका लागि घन्टौंसम्म व्यायाम गरेर पसिना बगाउनुका साथै विभिन्न डाईटिंङ् योजना समेत बनाउने गर्छन। आज हामी तपाईहरुलाई मोटोपनको समस्याबाट छुटकारा पाउने उपाएहरु बताउन जाँदै छौँ जसले स्वस्थ जीवन बिताउन मद्धत पुर्याउछ।

१. पिय पदार्थ सेवन नगर्ने : आजभोली युवा देखि वृद्ध व्यक्तिहरुले समेत पिय पदार्थ सेवन गर्ने गरेको पाईन्छ। यसरी दैनिक जसो पिय पदार्थ पिउने गर्दा शरीरको तौल अत्यधिक बढ्दै जाने वा मोटोपनको समस्या आउने गर्छ। त्यसैले मोटोपन कम गर्नका लागि पियपदार्थ सेवन नगर्नु एक उत्तम उपाय हुने गर्छ।

२. तनाब लिने : हरेक व्यक्तिहरु आफ्नो परिवार ,नोकरी वा व्यापारको विषयमा कोहिबेला सोच्ने गर्नु सामान्य कुरा हो। तर केही व्यक्तिहरु यिनै विषयहरुमा हरसमय तनाब लिने गर्छन जसको फलस्वरूप उनीहरुमा मोटोपनको समस्या देखापर्ने गर्छ। यसरी अधिक रुपमा तनाब लिने व्यक्तिलाई अत्यधिक भोक लाग्ने र अधिक खानपानमा जोड दिँदा शरिरको तौल अत्यधिक बढ्ने गर्छ।

३. सुत्ने समय र तरिका : आजभोली युवा वर्गका व्यक्तिहरु राती अबेर सम्म मोबाईल वा ल्यापटप चलाउने र विहान छिट्टै उठ्ने हुँदा निन्द्राको कमीले उनीहरुमा मोटोपनको समस्या देखिने गर्छ। हरेक दिन ५ घण्टा भन्दा कम वा ९ घण्टा भन्दा बढी सुत्ने गर्दा विभिन्न समस्याहरु आईपर्ने गर्छन।

४. अत्यधिक रुपमा जंक फूड खानु : कुनै पनि व्यक्तिले खानपानमा ध्यान पुर्याउन सके तौल बढ्ने समस्या झेल्नु पर्दैन। तर आजभोली प्राय व्यक्तिहरु घर बाहिरका खाने कुराहरुमा जोड दिने गरेको पाईन्छ। घरबहिर खाने जंक फुडको कारण तौल बढ्नुका साथै स्वास्थ्यमा विभिन्न समस्याहरु आउने गर्छ।

५. लगातार लामो समय बसेर कार्य गर्नु : विशेषज्ञहरुको भनाई अनुसार लगातार लामो समयसम्म बसेर कार्य गर्ने व्यक्तिको तौल अत्यधिक रुपमा बढ्ने गर्छ। दैनिकजसो यसरी काम गर्दा शरिरको तौल बढदै जाने र यसलाई कम गर्न निकै गाह्रो पर्ने हुँदा केहि समयको अन्तरमा ब्रेक लिनु आवश्यक हुन्छ। यसो गर्दा लगातार शरिरको तौल बढ्ने समस्या केही मात्रामा कम हुँदै जाने गर्छ।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७१२:३१

दाँत सम्बन्धि विभिन्न समस्याबाट मुक्ति पाउन यी घरुलू विधिहरु अपाउनुहोस् !