रूखबाट लडेपछि एक वर्षदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवास्थित ओफ्लाङकी १९ वर्षीया चीनमाया अधिकारी खत्री । घाँस काट्न गएको समयमा रूखबाट लडेर गम्भीर घाइते बनेकी खत्रीको कम्मरमुनिको भाग नचल्नाका साथै पेट दबिएर रित्तो भाँडोजस्तै भएको छ । तस्बिर ः केदार मगर÷रासस
खोटाङ – एक वर्षदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीको उद्धार गरिएको छ। घाँस काट्न जाँदा रूखबाट लडेर गम्भीर घाइते भएकी चीनमायाको मंगलबार उद्धार गरिएको हो।
रूखबाट लडेपछि एक वर्षदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवास्थित ओफ्लाङकी १९ वर्षीया चीनमाया अधिकारी खत्री । घाँस काट्न गएको समयमा रूखबाट लडेर गम्भीर घाइते बनेकी खत्रीको कम्मरमुनिको भाग नचल्नाका साथै पेट दबिएर रित्तो भाँडोजस्तै भएको छ । तस्बिर ः केदार मगर÷रासस
चीनमाया गत वर्ष रूखबाट लडेकी थिइन्। उपचार नपाउँदा उनी थलिएकी थिइन्। उक्त घटना पश्चात उनको कम्मरमुनिको भाग चल्न छाडेको थियो भने पेट दबिएर रित्तो भाँडोजस्तै भएको छ।
एक वर्षदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाउने तयारी गर्दै नगर उपप्रमुख विमला राई । घाँस काट्न गएको समयमा रूखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीको कम्मरमुनिको भाग नचल्नाका साथै पेट दबिएर रित्तो भाँडोजस्तै भएको छ । तस्वीर ः केदार मगर÷रासस
उद्धार गरिएकी उनलाई उपचारको लागि काठमाडौँ पठाइएको छ।