आज पनि बढ्यो सुनको मूल्य ! कति पुग्यो ?[मूल्य सहित]

काठमाडौँ – लगातार बढीरहेको सुनको मूल्य बुधबार पनि बढेको छ। बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैंयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य ९८ हजार ५ सय कायम भएको छ। नेपाली बजारमा सुनको यस मूल्य अहिले सम्मकै उच्च हो।

केहि हप्ता देखि लगातार बढिरहेको सुनको भाउले दिनहुँ नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। शुक्रबार ९५ हजार ८ सय भएको सुनको मूल्य आइतबार ५ सय रुपैंया बढेर ९६ हजार ३ सय पुगेको थियो। आइतबार बनेको रेकर्ड १ हजार २ सय रुपैंयाले बढेसँगै सोमबार तोडिएको थियो भने मंगलबार पन नयाँ रेकर्ड बनेको थियो। नेपाली बजारमा आइतबार पछि मात्रै तोलामा २ हजार २ सयले बढेको छ।

बुधबार तेजावी सुनको मूल्य पनि बढेको छ । बुधबार तेजावी सुन प्रतितोला ९८ हजार ६५ मा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार १ हजार २ सय ४५ पुगेको चाँदीको मूल्य १ हजार २ सय २५ मा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ ।  महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै रु एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ ।

प्रकाशित : बुधबार, साउन १४, २०७७०५:२७

अझै केही दिन भारी वर्षाको सम्भावना !