दुनियाको सबैभन्दा खतरनाक ५ टापु जहाँ जानु हुन सक्छ घातक, ज्यान नै जान सक्छ !

प्रायः मानिसहरू कुनै टापुमा प्रकृतिको अद्भुत दृश्य हेर्न वा छुट्टि मनाउन जान्छन्। टापुको सुन्दरता यस्तो हुन्छ कि यसले कसैलाई पनि आकर्षित गर्छ। तर धेरै टापुहरू छन् जहाँ नजानु नै राम्रो हुन्छ। सुन्दर हुनका साथै यी टापुहरू अत्यन्त खतरनाक पनि हुन्छन्। यस्तै संसारमा यस्ता ५ टापु छन् जहाँ जानु भनेको आफ्नो ज्यान दिनु बारबार हो।

मियाकेजिमा इजू टापु, जापान 

मियाकेजिमा इजू टापु संसारको सबैभन्दा खतरनाक टापु मध्ये एक मानिन्छ। यस टापुमा विषालु ग्याँसहरूको मात्रा सामान्य भन्दा धेरै उच्च तहमा छ। वास्तवमा, त्यहाँ पछिल्लो शताब्दीमा धेरै ज्वालामुखी विस्फोटहरू भएका छन्। सन् २००० मा त्यहाँ एउटा गम्भीर विस्फोटन भएको थियो, जसमा लाभासँगै ठूलो मात्रामा विषालु ग्याँसहरू पनि निस्केको थियो। पछि ज्वालामुखी त शान्त भयो तर विषालु ग्याँस बाहिर निस्कन पनि छोडेन। त्यसबेला देखि, मानिसहरूलाई यस टापुमा आउनु निकै खतरनाक कुरा मान्छन्।

प्रोभेग्लिया टापु, इटाली

प्रोभेग्लिया टापुलाई “आइल्याण्ड ओफ डेथ” पनि भनिन्छ। भनिन्छ कि सयौं वर्ष पहिले यस टापुमा लाखौं मानिसलाई जिउँदै जलाइएको थियो। त्यस समयदेखि यस टापु पूर्ण रूपमा उजाड भएको छ। प्रोभेग्लिया टापु भूत टापुको रूपमा पनि चिनिन्छ। यो विश्वास गरिन्छ कि यस टापुमा आजसम्म आएका व्यक्तिहरू कोहि पनि फर्केका छैनन्।

रि-यूनियन टापु, अफ्रिका 

यो टापु विश्वको लोकप्रिय पर्यटन स्थलहरु मध्ये एक हो, तर यहाँ जानु एकदम खतरनाक हुनसक्छ। यसको कारण यहाँको शार्क माछा हो। यी खतरनाक माछाहरूले एकै पल्टमा मानिसलाई मार्न सक्छन्। सुरक्षाको लागि यस टापुको आधा भन्दा बढि समुद्री किनारमा पौडी खेल्न निषेध गरिएको छ।

सबा टापु 

क्यारिबियन समुन्द्रको बीचमा अवस्थित साबा टापु हेर्नको लागि सुन्दर छ। १३ वर्ग किलोमिटरमा फैलिएको यस टापुमा करिब २००० व्यक्तिको बसोबास रहेको छ। यहाँ लगातार आँधीबेहरी र भूकम्पका झट्का महशुस हुन्छ।१९९७ देखि यस टापुमा भूकम्पका ठूला कम्पनहरू बढेका छन्। यो विश्वास गरिन्छ कि यहाँ कुनै पनि समय डरलाग्दो ज्वालामुखी विस्फोट हुन सक्छ।

ग्रुइनार्ड टापु, स्कटल्याण्ड

स्कटल्याण्डको ग्रुइनार्ड खाडी मा स्थित ग्रुइनार्ड टापु पनि धेरै खतरनाक मानिन्छ। वास्तवमा दोस्रो विश्वयुद्धको बेला बेलायतले यस टापुमा एन्थ्रेक्स भन्ने विषालु ग्यासको परीक्षण गरेको थियो, जसको कारण यो ठाउँ निकै विषाक्त भएको छ। यदि कोहि पनि मानिस यस ग्यासको सम्पर्कमा आयो भने उसको मृ-त्यु लगभग निश्चित छ।

प्रकाशित : बुधबार, साउन १४, २०७७१४:४२

यस देशका मानिसमा लगाइयो कोरोना विरुद्धको खोप, साइड इफेक्ट नदेखिएपछि थपमा लगाइदै !