एजेन्सी – दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतका पिता केके सिंहले रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता गराएका छन्। सुशान्तका पिता केके सिंहले चक्रवर्ती र उनका परिवारका सदस्यहरु सहित जना विरुद्ध एफआईआर दर्ता गराएका हुन्।
आफ्नो छोरा सुशान्तलाई मायाजालमा फसाएर मानसिक रोगी समेत बनाएको सुशान्तका पिताको आरोप छ। सन् २०१९ अघि कुनै पनि प्रकारको मानसिक समस्या नरहेका सुशांत रीयाको सम्पर्कमा आएपछि कसरी मानसिक रोगी बन्न पुगे भन्ने प्रश्न सुशान्तका पिताको छ। रीयाले षड्यन्त्र रचेर सुशान्तलाई मानसिक रोगको औषधि दिई बिरामी बनाएको आरोप केके सिंहले एफआईआर दर्ता गर्दा लगाएका छन्।
“रीया चक्रवर्तीले मेरो छोरालाई फ्ल्याट सार्न उक्साएकि थिइन्। षड्यन्त्र अन्तर्गत उनले मानिसक रोगको औषधि खुवाइन्। ओभरडोज दिएर एक प्रकारले पागल नै बनाइदिइन्। रीया मेरा छोरालाई नियन्त्रणमा राखेकी थिइन्।”,सुशान्तका पिताले दर्ता गराएको एफआईआरमा भनिएको छ।
राजीव नगर पुलिस स्टेशनको अतिरिक्त थाना अध्यक्ष जोगेन्द्र कुमारले रीया चक्रवर्ती र उनका परिवारका सदस्य सहित जना विरुद्ध एफआईआर गराएको पुष्टि गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
एफआईआरमा केक सिंहले आफ्ना छोरा माथि ठूलो षड्यन्त्र भएको मात्र नभई धोका समेत भएको समेत उल्लेख गरेका छन्। साथै आफ्ना छोराको बैंक खाताबाट करिब १५ करोड अज्ञात खातामा स्थानान्तरण गरिएको पनि आरोप लगाएका छन्।