के तपाईंले सुन्नुभएको छ कि एउटा यस्तो गाउँको बारेमा जुन गाउँको प्रमुख एउटा देशमा खाना खान्छ र सुत्न अर्को देश जान्छ।भारतमा यस्तै एउटा अनौंठो गाउँ छ। यस गाउँको नाम लोंगवा हो| यो गाउँको आधा भाग भारतमा र आधा म्यानमारमा पर्छ। यस गाउँको अर्को विशेष कुरा यो हो कि यहाँ शत्रुको टाउको काट्ने परम्परा शताब्दीयौं देखि चलि-आएको थियो, जुन १९४० मा प्रतिबन्धित भयो।

लोंगवा, नागाल्याण्डको मोन जिल्लामा घना जंगलको बीच म्यानमारको सिमानासँग जोडिएको भारतको अन्तिम गाउँ हो। यहाँ कोन्याक आदिवासीहरू बस्छन्। तिनीहरू धेरै खतरनाक मानिन्छन्। उनीहरु आफ्नो कुलको शक्ति र जग्गा कब्जा गर्न छिमेकी गाउँहरूसँग लडाई गर्ने गर्थे। सन् १९४० भन्दा पहिले, कोन्याक आदिवासीहरूले जसले उनीहरूको जग्गा -जमिनमा हस्तक्षेप गर्ने प्रयास गर्छ उनीहरुको टाउको काटिदिन्थे। कोन्याक आदिवासीलाई “हेड हन्टर” भनेर पनि चिनिन्छ। यी आदिवासीहरूको धेरै जसो घर पहाडको टाकुरामा थिए, ताकि तिनीहरूले दुश्मनहरूमा नजर राख्न सकुन्। यद्यपि, १९४० मा टाउको काट्ने प्रवृतिमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। तर १९६९ पछि मात्र हेड हन्टिंग बन्द भएको विश्वास छ।

भनिन्छ कि यो गाउँलाई दुई भागमा कसरी विभाजन गर्ने थाहा नहुँदा अधिकारीहरूले सीमा रेखा गाउँको बीचबाट लाने निर्णय गरे, तर यसले कोन्याकमा कुनै प्रभाव पारेन। सिमानाको स्तम्भमा सन्देश एक तर्फ बर्मामा (म्यानमारको भाषा) र अर्को तिर हिन्दीमा लेखिएको छ। भनिन्छ कि कोयनाक आदिवासीहरूमा मुखिया प्रथा चल्छ। यहाँ मुखियानै गाउँको प्रमुख छ। उनीहरूलाई एक भन्दा बढि श्रीमतीको लागि पनि अनुमति छ। वर्तमानमा यहाँका मुखियाको ६० जना पत्नी छन्। भारत र म्यानमारको सिमाना गाउँको मुखियाको घर भएर जान्छ। त्यसकारण, यो भनिन्छ कि यहाँ प्रमुख भारतमा खाना खान्छन् र म्यानमारमा सुत्छन्।

