चस्मा लगाउँदा नाकमा दाग बसेको छ भने यी उपाय अपनाउनुहोस् !

धेरै मानिसहरुको आँखा कमजोर हुन्छ जसको कारण उनीहरुलाई चस्मा लगाउनु पर्छ। धेरै समय चस्माको प्रयोग गर्नाले नाकमा दाग देखा पर्छ, जुन देख्दा एकदम नराम्रो देखिन्छ। अनुहारमा चस्मा लगाएर दाग आएको छ भने यी घरेलु उपचारहरू प्रयोग गरी यी दागहरूबाट छुटकारा पाउन सकिन्छ। घरेलु उपचारको प्रयोगले नाकमा चस्माको दाग हटाउन सकिन्छ।

एलोभेरा 

 

एलोभेरा जेल प्रयोग गरेर नाकको दाग हटाउन सकिन्छ। सबै भन्दा पहिले, एलोभेरा जेल लिनुहोस् र यसले दाग भएको क्षेत्रमा हल्का हातले मालिश गर्नुहोस्। एलोभेरामा मोइस्चराइजिंग र एन्टी-एजिंग गुणहरू हुन्छन् जसले नाकमा रहेको दाग कम गर्छ।

आलु 

नाकमा बसेका दागहरू कम गर्न आलु पनि प्रयोग गर्न सकिन्छ। पहिले आलु लिनुहोस् र पिस्नुहोस्। आलुको रस निकालेर उक्त रस दागमा लगाउनुहोस्। १० देखि १५ को लागि छोड्नुहोस्। त्यसपछि पानीले अनुहार धुनुहोस्। नाकमा चस्मा लगाउँदा बनेका दाग कम हुनेछन्। आलुमा ब्लीचिंग गुण हुन्छ जसले गर्दा छालाका घाउहरु कम हुन्छन्। चस्मा लगाउँदा भएको दाग आलुको रसले सजिलै हटाउन सकिन्छ।

कागती 

कागतीको रस लिनुहोस्। कपासको सहायताले दाग भएको ठाउँमा कागतीको रस लगाउनुहोस्। १० देखि १५ मिनेट पछि चिसो पानीले अनुहार धुनुहोस्। कागतीको रसमा भिटामिन सी पाइन्छ साथै, एन्टिअक्सीडेन्ट पाइन्छ जसले अनुहार सफा राख्न मद्दत गर्छ। चस्मा लगाउँदा बनेको दाग हटाउन कागतीको रस धेरै प्रभावकारी हुन्छ।

मह 

महमा एन्टी-एलर्जीक, एन्टीअक्सीडेन्ट गुणहरू हुन्छन् जुन छालामा  रहेका दाग हटाउनको लागि निकै प्रभावकारी हुन्छ। पहिले एक चम्चा मह र एक चम्चा दुध लिनुहोस्। दुबैलाई राम्रोसँग मिक्स गर्नुहोस्। यो मिश्रण अनुहारमा १५  मिनेटको लागि लगाएर  चिसो पानीले अनुहार धुनुहोस्।

गुलाब जल 

गुलाब जल छालाका लागि धेरै फाइदाजनक हुन्छ। नाकमा रहेको दाग हटाउन गुलाब जल प्रयोग गर्न सकिन्छ। अनुहारमा गुलाब जल प्रयोग गर्न, कपासमा गुलाब जलको केहि थोपा राख्नुहोस्। त्यसपछि यसलाई नाकमा दाग भएको भागमा लगाउनुहोस्। राति सुत्नु भन्दा पहिले गुलाब जल प्रयोग गर्नाले दाग कम हुनेछ।

प्रकाशित : बुधबार, साउन १४, २०७७१४:२७

रातो प्याजको यस्तो अद्भुत फाइदा !