काठमाडौँ – नेपाली सेनाले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि सहयोग गरेको छ। नेपाली सेनाले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीलाई ६ सय थान इन्सास रा-इफल हस्तान्तरण गरेको हो।
माओवादी सशस्त्र द्वन्दक क्रममा भारतबाट ल्याइएको ६ सय थान इन्सास रा-इफल सशस्त्र प्रहरीलाई हस्तान्तरणगरिएको नेपाली सेनाले जनाएको छ।
सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि सहयोग पुर्याउन नेपाली सेना रा-इफल उपलब्धगराइएको बताए।
भारतले सीमा अतिक्रमण गर्न थालेपछि सरकारले भारतसँगका सीमामा सशस्त्र प्रहरी खटाएको छ।