काठमाडौँ – केहि हप्ता देखि लगातार बढी रहेको सुनको मूल्य आज पनि बढेको छ। बिहिबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ। नेपाली बजारमा यो मूल्य हाल सम्मकै उच्च हो।
केहि समय देखि सुनको मूल्यमा लगातार रेकर्ड बनिरहेका छन्। गत हप्ताको बिहिबार पछि मात्र सुनको मूल्य ४ हजार ५ सय रुपैंयाले बढेको छ। गत हप्ताको बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ मात्र थियो। जबकी त्यो मूल्य आज ९९ हजार पुगेको छ।
गत हप्ता बिहिबारको रेकर्ड तोड्दै सुनको मूल्य शुक्रबार ९५ हजार ८ सय भएको थियो। जसमा ५ सय रुपैंया बढेर आइतबार ९६ हजार ३ सय पुगेको थियो।
आइतबार बनेको रेकर्ड १ हजार २ सय रुपैंयाले बढेसँगै सोमबार तोडिएको थियो। मंगलबार पुन ७ सय रुपैंयाले बढ्दा नयाँ रेकर्ड बनेको थियो। बुधबार सुनको मूल्य फेरी ३ सयले बढेर ९८ हजार ५ सय पुगेको थियो।
आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९८ हजार ५ सय ६० मा कारोबार भइरहेको छ। आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २५ मा स्थिर छ।