गिरीले फेरी भनिन् – ‘नयाँ नक्सा बनाउन चीनले नेपाललाई उचालेकै हो’

काठमाडौँ – कालापानी-लिपुलेक लगायतका क्षेत्र नेपालको हो भनेपछि विवादमा परेर निलम्वित भएकी सरिता गीरीले भारत विरुद्ध नेपाललाई चीनले उचालेको आरोप लगाएकी छन्। भारतलाई पाकिस्तानसँग मिलेर घेर्ने चीनको योजना रहेको र सोहि योजना अनुरुप चीनले नेपाललाई उचालेको गिरीको आरोप छ।

लिम्पियाधुरा र लिपुलेक विवादको प्रत्यक्ष सम्बन्ध चीनको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभसँग रहेको गिरीले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेकी छन्।

“चीन त अहिले कम्युनिष्ट गुरु नै हो । लिम्पियाधुरा र लिपुलेकको अहिलेको विवादको प्रत्यक्ष सम्बन्ध चीनको बेल्ट एन्ड रोड इनिसियेटिभसँग रहेको छ । चीनले आफनो बेल्ट एण्ड रोड इनिसियेटिभ परियोजना अन्तर्गत पाकिस्तानसँग मिली नेपालको उपयोग गरी भारत लाई घेराबन्दीमा पार्नका लागि लिपुलेख र लिम्पियाधुराको विवाद प्रारम्भ गराएको छ ।”,गिरीले ब्लग पोस्ट मार्फत विवादित बयान दिएकी छन्।

कालापानी क्षेत्रमा सडक बनाउन सक्ने सामर्थ्य नेपालसँग नरहेको अवस्थामा भारतले सडकको उद्घाटन गरे पछि नेपाललाई उचाली नयाँ नक्शा पास गर्न लगाई लिपुलेक र लिम्पियाधुराबारेको विवाद चीनले शुरु गराएको गिरीले ब्लगमा उल्लेख गरेकी छन्। कालापानी क्षेत्रमा भारतले निर्माण गरेको सडकमा नेपाल र चीनले आधिपत्य कायम गर्न कालापानी विवाद निकालिएको गिरीको आरोप छ।

“मूल योजना भारतको उत्तर पूर्वी सीमानामा चीनले सडकको निर्माण बेल्ट एन्ड रोड इनिशियेटिभ अन्तर्गत सडक निर्माण गरी उक्त सडक लाई कालाक्षेत्रसँग जोडी अगाडी पाकिस्तानको सीमाना सम्म लगी पाकिस्तानको समुदी बन्दरगाह सम्म नेपाल लाई पहुच दिने रहेछ ।”,गिरीले ब्लगमा लेखेकी छन्।

नेपालले उक्त नाका पाउने बित्तिकै मधेशबाट मधेशीहरु लखेटिने गिरी लेख्छिन्। कालापानी विवाद भारतसँग मात्र सम्वन्धित नभई मधेश र मधेशी को अस्तित्वसँग सम्बन्धित रहेको उनको बुझाई छ।

प्रकाशित : बिहिबार, साउन १५, २०७७०७:०९

तीज गीतमा ‘कोरोना’