काठमाडौँ उपत्यकामा कोरोना संक्रमिको संख्या ५ सय नाघ्यो, आज यति थपिए !

काठमाडौँ – बिहिबार नेपालका विभिन्न जिल्लामा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय ७४ जनामा कोरोना संक्रमणको भएको हो।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणबाट २ सय ७४ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ।

मन्त्रालयका अनुसार उपत्यकामा ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। थप भएका संक्रमितहरुमा भक्तपुर र ललितपुरका दुई-दुई जना र अन्य काठमाडौँका ४१ जना रहेका छन्। नयाँ पुष्टिसँगै कुल सङ्क्रमितको सङ्ख्या काठमाडौँमा ३९० जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५३ जना पुगेको छ। यसरी उपत्यकाको कुल संक्रमित संख्या ५  सय ३४ हुन आउँछ ।

बिहीबार थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन्। मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा सक्रिय संक्रमित ५ हजार २ सय २७ जना छन्।

बिगत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ३०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३,६४,६४८ रहेको छ। अहिले देशभरिका क्वारन्टीनमा १३ हजार भन्दा बढी मानिस क्वारन्टीनमा छन्।

प्रकाशित : बिहिबार, साउन १५, २०७७११:१३

फ्रेण्डसिप डेमा नेपालीलाई अमेरिकी राजदूतको शुभकामना- ‘मित्रताको अवधारणालाई परिमार्जन गरौँ ‘