फ्रेण्डसिप डेमा नेपालीलाई अमेरिकी राजदूतको शुभकामना- ‘मित्रताको अवधारणालाई परिमार्जन गरौँ ‘

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अन्तर्राष्ट्रिय ‘मित्रता दिवस / फ्रेण्डसिप डे’को उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। शुक्रबार एक ट्वीट गर्दै राजदूत बेरीले सम्पूर्ण अमेरिकी नागरिकको पक्षबाट सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका हुन्।

अहिलेको आधुनिक समयमा मित्रता र छिमेकीको अवधारणालाई परिमार्जित गर्नुपर्ने उल्लेख गर्दै बेरीले टाढा भएर पनि आवश्यकता भएका बेला उपलब्ध हुने नै सच्चा मित्र हुने बताएका छन्।

“धेरै नै जेलिएको अहिलेको विश्वमा, मित्रता र छिमेकीको अवधारणालाई केहि परिमार्जन गर्न आवश्यक छ। भौतिक दूरी भएर पनि आवश्यक परेको खण्डमा एक-अर्काको लागि हुनु नै मित्रता हो। अमेरिकी जनताको तर्फबाट सम्पूर्ण नेपालीलाई ‘मित्रता दिवस / फ्रेण्डसिप डे’को शुभकामना।”,उनले ट्वीट गर्दै लेखेका छन्।

प्रकाशित : बिहिबार, साउन १५, २०७७११:३९

“ओलीलाई पाँच वर्ष नै सरकार चलाउन दिएर ईतिहास रचौं” – उद्योगमन्त्री भट्ट