साउथ देखि हलिउड सम्म : यी हुन् हिन्दी डबमा आवाज दिने पर्दा पछाडीका स्टारहरु !

काठमाडौं । हामी जति बलिउड फिल्म हेर्न मन पराउँछौ, उती नै टलिउड र हलिउड फिल्म पनि हेर्छौ । टलिउड र हलिउड फिल्म अधिकांश हिन्दी भाषामा डब गरिन्छ । जसका कारण हिन्दी बुझ्ने दर्शकलाई फाइदा पुगेको छ । तर तपाईलाई थाह छ, रजनीकान्त, नागर्जुन, हलिउड स्टार र यहाँसम्म की ‘बिग बोस’ को आवजका पछि को छ ?

हामीले उनीहरुको आवज हामीले जानेर वा नजानेर कति पटक सुनेका छौं । सिनेमाका ती डविङ आर्टिस्ट जसले आफ्नो आवजबाट केही फिल्मलाई एक ठाँउबाट उठाएर पुरै हिन्दी भाषा बुझ्नेहरुको माझमा पुर्‍याउँछन् ।

शरद केलकर

शरदलाई केही सिरियलमा देखिन्छ । तर उनको आजव अधिकांश डविङ फिल्ममा सुन्नुभएको छ । एक अभिनेता हुँदा हुँदै पनि उनी डविङ कलाकार समेत हुन् । उनले ‘बाहुबली’ मा प्रमुख भूमिका निभाएका प्रभासको आजव दिएका छन । यस्तै उनले फिल्म Return of Xander cage   मा विन डिजलको आवज र  Dawn of the planet of the apes, Moana, Guardians of the galaxy मा पनि आवज दिएका छन् ।

मयूर व्यास

मयूरको हिन्दी र अंग्रजी भाषामा राम्रो पकड छ । उनले अधिकांश रजनीकान्तको आवज हिन्दीमा डब गरेका छन् । उनले शिवाजी, चन्द्रमुखी, लिंगा र कबाली फिल्ममा रजनीकान्तको आवजलाई आफ्नो आवजबाट हिन्दीमा बदलेका छन् । यसका साथै उनले Jack Reacher, The Bourne legacy, The Terminal,  Heart Attack र  The Prestige  मा पनि डविङ गरेका छन् । मयूर  मुम्बईका एक बिजनेश क्लासमा लेक्चररको काम समेत गर्छन् ।

अतुल कपूर

अतुलले आफ्नो करियर २००२ मा सुरु गरेका थिए । २००६ मा उनी रियालिटी शो बि बोसको हर सिजनमा आफ्नो आवज दिँदै आएका छन् । यसका साथै उनले Iron Man 2, Iron Man 3,The Avengers, Captain America, Snowhite and the huntsman र Sherlock Holmes:The game of shadows  जस्ता हडिउड फिल्ममा समेत आफ्नो आवज दिएका छन् ।

चैतन्य अदीब

चैतन्यले केही अंग्रेजी, तामिल र तेलगु फिल्मको हिन्दी डबिङमा आफ्नो आवज दिएका छन् । उनले The fast and furious मा  Vin Diesel को आवज दिएका छन् । यसका साथै ast 5, fast and furious 6 र furious 7 मा पल वाकरको आवज र मा जेम्स फ्रेन्कको आवज र  Spider-man, Spider-man 2 र Spider-man 3 मा समेत  में जेम्स जेम्स फ्रेन्ककाे आवाज दिएका छन् । उनले The Avengers, Thor, Inception र The Twilight Saga मा समेत आफ्नो आवज दिएका छन् ।

मोना घोष शेट्टी

मोना एक गायीका र निर्देशक हुनुका साथै एक ट्यालेन्टेड डबिङ कलाकार समेत हुन् । उनले सन् २००० मा कोकाकोलाको विज्ञापनमा ऐश्वर्या रायको आवज दिएकी थिइन् । फिल्म सरकार र हमको दिवाना कर गएमा कटरिना कैफको आवज उनैले दिएकी हुन् । उनले फिल्म रकस्टारमा नार्गिसको, राज र जिस्ममा विपशा वसुको, ओम शान्ति ओम मा दीपिकाको र हाउसफुल २ मा ज्याकलिनको आवज दिएका थिइन् । उनले अंग्रजी फिल्म X-man र The Lord of The Rings मा समेत आवज दिएकी छन् । एजेन्सी

प्रकाशित : बिहिबार, साउन १५, २०७७१४:०९

यी ७ बलिउड स्टारको भ्यानिटी भ्यान गुड्ने महल भन्दा कम छैन, सबैभन्दा आलिशान कसको ? [तस्विर]