काठमाडौँ – भारतमा यस हप्ता आइतबार पछि मात्रै २ लाख ५० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्।
दैनिक ५० हाराहारीको संख्यामा संक्रमित फेला परिरहेको भारतमा बिहिबार मात्रै ५४ हजार ९ सय ६६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। यो संख्या एकै दिन भेटिएको हाल सम्मकै उच्च हो। यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३९ हजार ३ सय ५० पुगेको छ।
विश्वमा कोरोनाबाट अतिप्रभावित मुलुकको रुपमा भारत तेस्रो स्थानमा छ। अहिले सम्म भारतले १ करोड ८१ लाख भन्दा बढी नागरिकमा कोरोना भाइरस परीक्षण गरिसकेको छ।
अहिले सम्म कुल संक्रमित मध्ये ३५ हजार ७ सय जनाले ज्यान गुमाएका छन्। जस मध्ये ७ सय ८३ जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका हुन्।
सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये १० लाख ५९ हजार ९३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ४४ हजार ४७१ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।