समुदायमाकोरोना फैलिएपछि विराटनगरमा १४ दिन लामो लकडाउन घोषणा !

काठमाडौँ – विराटनगर महानगरपालिकामा दुई हप्ते लकडाउनको घोषणा भएको छ। कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको हो।

शुक्रबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले विराटनगर महानगरपालिकामा दुई हप्ता लकडाउन गर्ने निर्णय गरेको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले बताएका छन्।

कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नियन्त्रणमा लिएको थियो ।

हिले प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोना सङ्क्रमितमध्ये २०७७ साउन १४ गते बेलुका मोरङकै एक जना पुरुषको मृ-त्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए ।

समुदायस्तरमै कोरोना सङ्क्रमणको जोखिम बढेसँगै विराटनगर महानगरले थप तदारुकता देखाएसँगै नगरक्षेत्रमा रहेका सबै संयन्त्रको परिचालनमा महानगर जुटेको छ । बिहीबार विराटनगरमा रहेका सबै हस्पिटल तथा नर्सिङ होमका सञ्चालकसँग महानगरले सुझाव लिनुका साथै थप नयाँ रणनीति तय गरेको छ ।

कोरोना सङ्क्रमण समुदायसम्म नपुगोस् भनेर अधितम सतर्कता अपनाउने निर्णय भएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए। विराटनगरका अस्पताल तथा नर्सिङहोमका सञ्चालक तथा व्यवस्थापकसहितको बैठक उपलब्धिमूलक भएको प्रमुख पराजुलीको भनाइ छ । यससँगै कोरोना सङ्क्रमण नियन्त्रणका लागि महानगरले स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सञ्चालकको समन्वयमा उच्च स्तरीय चारवटा समितिसमेत बनाएको छ ।

जसअन्तर्गत डा हेमसागर रिमालको संयोजकत्वमा होमक्वारेन्टिन समिति, डा सुशील तपडियाको संयोजकत्वमा पिसिआर ल्याब स्थापना समिति, अर्चाना पोखरेलको संयोजकत्वमा मनोपरामर्श समिति र डा सूर्य पराजुलीको संयोजकत्वमा कन्ट्रयाक ट्रेसिङ समिति बनाएको छ । समितिमा रहेका पदाधिकारी तथा सदस्यले कोरोना सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित : शुक्रबार, साउन १६, २०७७१०:२२

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या छ लाख ७७ हजार नाघ्यो !