नेपालका ७२ प्रतिशत कोरोना संक्रमित निको भए, यी जिल्ला कोरोना मुक्त !

सांकेतिक तस्विर

काठमाडौँ – गत २४ घण्टामा २२४ जनामा कोरोना देखिएको छ । यो सङ्ख्यासँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको कूल सङ्ख्या १९ हजार ७७१ पुगेको छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७२.८ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडौँमा ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५ ÷ १५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी बारामा चार, रौतहट, कास्की, दाङ र डोटीका तीन÷तीन जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका दुई÷दुई जना तथा रुपन्देही, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, र बाँकेका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयले गर्ने कोभिड–१९ बारे नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चारजनाको मृ-त्यु भएको बताए। मृतक सबै वीरगञ्जका हुन् भने उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृ-त्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणबाट मृ-त्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

सक्रिय सङ्क्रमित पाँच हजार ३१६ छन् । प्रदेश १ मा २२२, प्रदेश २ मा दुई हजार ३४, वाग्मती प्रदेशमा ५७२, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३८५, कर्णाली प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ छन् । नेपालमा कोभिड–१९ पिसिआर परीक्षण प्रति १० लाख जनसङ्ख्यामा १२ हजार ७८८ र १० लाख जनसङ्ख्यामा मृ-त्युको दर १.९ छ । आजको १० हजार ७६८ सहित जम्मा तीन लाख ७५ हजार ४१६ पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिको सङ्ख्या १२ हजार १११ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १५१ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ३९९ छन् ।

भोजपुर, सङ्खुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरी छ वटा जिल्लामा कोभिड–१९ सङ्क्रमण शून्य रहेको छ । पछिल्लो समय काठमाडौँ र बिहीबार मात्र सिरहामा आमसभा भएको खबर मन्त्रालयलाई प्राप्त भएको बताउँदै ती खबर दुःखद भएको प्रवक्ता गौतमले टिप्पणी गरे। उनले भने, “कसैले पनि कुनै पनि राजनीतिक पार्टी, सङ्घसंस्था वा कसैले पनि यस्तो खालको आमसभा नगर्नु हुन स्वास्थ्य मन्त्रालय विनम्र अनुरोध गर्दछ, काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढिरहेको र कोभिड–१९ नियन्त्रणबारे हरेक दिन आग्रह गर्दा पनि नियमको पालना भएको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना पनि ल्याउन सक्छ ।”

कतिपय नाकामा पनि नियन्त्रण नभएको उनको भनाइ छ । उनले भारतबाट कामदार नेपाल ल्याएर ओखलढुङ्गा पु¥याएको र २१ जना कामदारमध्ये १८ जनामा कोरोना पुष्टि भएको तथ्य प्रस्तुत गरे। पछिल्लो समयमा समूहमा बस्नेमा बढी कोभिड–१९ देखापरेको बताउँदै जसको उदाहरण प्रहरी र स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ आएको छ भने। अहिलेसम्म माक्सको प्रयोग नगर्ने दुई लाख जनालाई सरकारले कारवाही गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्यरुपमा सबैमा माक्स लगाउन पनि आग्रह गरेको छ । मन्त्रालयले सेवाग्राहीको चाप बढी हुने स्थानमा भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ ।

हालसम्म संसारभरी एक करोड ७४ लाख ७९ हजार ६२३ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । छ लाख ७७ हजार १८ जना व्यक्तिको कोभिड–१९ बाट मृ-त्यु भएको छ । हालसम्म कोभिडबाट निको हुनेको सङ्ख्या एक करोड नौ लाख ५१ हजार ९८० रहेको छ ।

प्रकाशित : शुक्रबार, साउन १६, २०७७१४:५९

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भन्यो – ‘तत्काल ग्रेटर नेपालको नक्सा जारी गरियोस्’