मेष राशि
यस महिना तपाईंको स्वास्थ्यमा सुधार आउनेछ। यो समय वित्तीय मामिलाहरूको लागि निकै उत्तम रहेको छ| व्यापार व्यवसायमा बिस्तार हुने सम्भवना रहेको छ। खर्चमा नियन्त्रण गर्नु पर्ने देखिन्छ, अन्यथा आर्थिक स्थिति निकै कमजोर हुनसक्छ। व्यावसायिक रूपमा चीजहरू यो समयमा सजिलो हुन सुरु हुने देखिन्छ। व्यापार सम्बन्धित यात्राको योग रहेको छ, जसबाट लाभ प्राप्त हुनेछ।
वृष राशि
यो महिना यस राशिको लागि शुभ साबित हुजेछ। नयाँ कार्य सुरु गर्नको लागि समय निकै उत्तम रहेको छ। कार्यक्षेत्रमा शक्तिशाली वा ठूला व्यक्तिको मद्दत मिल्नेछ। कर्यक्षेत्रमा सहकर्मीको साथ केहि समस्या आउन सक्छ। यो समय लगानीको लागि शुभ छैन। यस महिना तपाईंलाई थोरै थोरै गरि निकै ठूलो लाभ प्राप्त हुने देखिन्छ। स्वास्थ्यको हिसाबले भने थोरै ध्यान दिन आवश्यक देखिन्छ।
मिथुन राशि
दिलको मामलामा मिथुन राशिको लागि यस महिना खुसी र रोमान्टिक हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। महिना अगाडि बढ्दै जाँदा परिवारका अग्रजबाट आर्थिक प्रयासमा भरपूर सहयोग मिल्ने। घरका सदस्यमा केहि धन खर्च हुन सक्छ। आर्थिक हिसाबले यो महिना सामान्य रहनेछ। यात्राको योग रहेको छ, जसबाट लाभ प्राप्त हुनेछ। महिनाको अन्त्यमा, भावनात्मक रूपले उर्जाशील र खुशी महसुस गर्नुहुनेछ।
कर्कट राशि
व्यावसायिक रूपमा यस राशिको लागि यो महिना निकै राम्रो छ| कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। कानूनी मामिलाका फैसला तपाईंको पक्षमा रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय निकै शुभ रहेको छ। आर्थिक अवस्थामा सुधार आउनेछ। यात्राको योग बन्नेछ, जुन तपाईंको लागि अनुकूल र फाइदाजनक साबित हुनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ। मनमा रहेका केहि चिन्ताहरु पनि महिनाको अन्त्यको साथ समाप्त हुनेछ।
सिंह राशि
पुराना परियोजनाहरूबाट लाभ मिल्नेछ, जसले जीवनमा खुशी ल्याउछ। वित्तीय मामिलामा गरिएको प्रयासले पनि फाइदा पुग्छ। हृदयको मामलामा गरेका प्रयासहरूबाट शान्ति प्राप्त हुनेछ।अनावश्यक चीजहरूमा ध्यान दिनु भएन भने नोक्सान कम हुनेछ। पेट सम्बन्धि समस्या देखा पर्न सक्छ, त्यसैले खान-पानमा विशेष ध्यान दिन जरूरी छ। विशेष गरी महिनाको अन्त्यमा ज्ञान र व्यावहारिक दृष्टिकोणबाट धेरै मिल्न सक्छ।
कन्या राशि
यो महिना कन्या राशिको लागि आर्थिक रूपले फाइदाजनक हुनेछ। सबै लगानीहरूबाट पैसाको हिसाबले सफलता प्राप्त हुने देखिन्छ। महिला डाक्टरहरूले तपाईंको जीवनमा सकरात्मक परिवर्तन ल्याउने देखिन्छ| साथै स्वास्थ्यमा सुधार आउनेछ। कर्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। यस अवधिमा भएको यात्रा अनुकूल र विकासको दिशामा अग्रिम हुनेछ। प्रेम जीवनमा वाद-विवादको सम्भावना रहेकोले बोलीमा संयम राख्नुहोला।
तुला राशि
व्यावसायिक रूपले यस रशिको लागि यो महिना सामान्य रहनेछ। कठिन परिस्थितिबाट मुक्त हुनुहुनेछ र सफलता प्राप्त हुने देखिन्छ। नयाँ कार्य सुरू गर्न समय उत्तम रहेको छ। पदोन्नतिको यो रहेको छ| कर्यक्षेत्रमा नयाँ परियोजना प्राप्त हुने सम्भावना रहेको छ। नजिकको मान्छेको बारेमा मन चिन्तित रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।
वृश्चिक राशि
यो महिना यस राशिको लागि दिलसँग सम्बन्धित मामिलाहरूमा उत्तम रहेको छ। आफ्नो प्रेमी वा जीवनसाथीसँगको सम्बन्धमा सुमधुरता छाउनेछ। कार्यक्षेत्रमा तपाइँको कामको प्रशंसा हुनेछ। मिहेनत अनुसारको सफलता प्राप्त हुँदा मन प्रशन्न रहनेछ। बुबा तथा अग्रजबाट भरपूर सहयोग मिल्नेछ। यात्राको योग रहेको छ, जसबाट लाभ प्राप्त हुने सम्भावना रहेको छ। यस समयमा अनावश्यक बहस तथा विवादबाट बच्न आवश्यक देखिन्छ।
धनु राशि
महिला मित्रबाट आर्थिक रूपमा भरपूर सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष एकदम मजबूत हुने देखिन्छ। यस समयमा गरिएको लगानीले भरपूर लाभ मिल्नेछ। यस अवधिमा भएको यात्राले फाइदा पुर्याउँनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ| प्रेमी तथा जीवनसाथी बीचको रोमान्स बढ्नेछ| महिनाको अन्त्यमा, शुभ समाचार मिल्ने सम्भावना छ।
मकर राशि
व्यावसायिक रूपमा मकर राशिको लागि यो निकै राम्रो हुनेछ। नयाँ क्षेत्रमा लगानी गर्ने योजना छ भने यो महिना निकै उत्तम रहेको छ, साथै नयाँ कार्य सुरु गर्नको लागि पनि यो समय निकै शुभ रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। यस अवधिमा भएका यात्राहरू निकै लाभदायक र रमाईलो हुनेछन्। प्रेम सम्बन्धमा भने यो महिना खटपट हुन सक्छ।
कुम्भ राशि
कुम्भ राशिको लागि यो महिना दिलको मामलामा धेरै रोमान्टिक हुनेछ। जीवनको नयाँ सुरुवात हुनेछ। आर्थिक मामिलामा यस महिनाको सुरुवात सुखद रहनेछ। व्यावसायिक क्षेत्रमा यस समय आराम गर्न र अत्यधिक कामको तनाबबाट बच्न आवश्यक रहेको छ। परिवारको साथ र सहयोग भरपूर मिल्नेछ। स्वास्थ्यमा केहि समस्याहरू आउन सक्छन। यात्राको योग रहेको छ, जसबाट लाभ प्राप्त हुने सम्भावना रहेको छ।
मीन राशि
व्यावसायिक रूपमा मीन राशिको लागि यस महिना राम्रो रहनेछ। विभिन्न स्रोतहरूबाट वित्तीय लाभहरू प्राप्त हुनेछ ।परिवारको साथ र सहयोग भरपूर मिल्नेछ। स्वास्थ्यको हिसाबले बढि ध्यान दिनु पर्ने देखिन्छ। दिलको मामिला यो समय तपाईंको लागि सामान्य रहनेछ। महिनाको अन्त्यमा आर्थिक तनाब बढ्न सक्छ।