डा रंगिनाले नेपालमै पहिलोपटक सफलतापूर्वक गरिन् दुरबिनबाट पाठेघर निकाल्ने शल्यक्रिया !

काठमाडौँ – नेपालमै पहिलो पटक दूरबिनको माध्यमबाट पाठेघर निकाल्ने शल्यक्रिया ब्लूक्रस अस्पतालमा सफल भएको छ।

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा रंगिना लाइकग बमले दुरविनको माध्यमबाट पाठेघर निकाल्ने (डे केयर हिस्टेरेक्टोमी) शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेकी हुन्।

डे केएर हिस्टेरेक्टोमी प्रविधिबाट शल्यक्रिया गर्दा दुरबिनको माध्यमबाट पाठेघर झिक्न सकिन्छ। यो प्रविधि विश्वका विभिन्न देशहरुमा प्रचलित भएपनि नेपालमा भने ब्लूक्रस अस्पतालमा पहिलोपटक सफल भएको हो।

यस डे केएर हिस्टेरेक्टोमी प्रबिधिबाट शल्यक्रिया गर्दा विरामी विहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यकृया दुरबिनको माध्यमबाट गराई मात्र ६ देखि ८ घण्टामा हिडेर नै घर फर्कन सक्ने डा। रंगिना लाईकंगबमको भनाई छ।

शल्यक्रिया सफल भएपछि रंगिना लाईकंगबमले विदेशमा रहेर अध्ययन गर्दा देखेको अत्याधुनिक प्रविधिबाट नेपाली दिदीबहिनीहरुलाई सरल र शुलभ उपचार गर्ने आफ्नो सपना पूरा भएको बताएकी छन्।

अन्य देशमा यो सुविधा रहेपनि नेपालमा भने डा रंगिनाले नै पहिलोपटक शुरु गरेको अस्पतालको दाबी छ।

प्रकाशित : शनिबार, साउन १७, २०७७१०:०२

प्रेम सञ्जेल कार्यकक्षमै कुटिए !