दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ३ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
दुई प्रहरीमा संक्रमण देखिएपछि बढ्दो जोखिमलाई मध्यनजर राख्दै महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाल सहित ३ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको हो। शुक्रबार दुई प्रहरीलाई कोरोनाको संक्रमण पुष्टि भए पछि महाशाखा सिल गरिएको हो। एसएसपी ढकालका अनुसार संक्रमण पुष्टि भएकालाई बलम्बुस्थित एपिएफ अस्पताल पठाईएको छ।
अहिले क्वारेन्टाइनमा राखिएका सबैको कोरोना परीक्षणको लागि नामावली पठाइसकेको छ र कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भइरएको छ। केहि दिनपछि मात्रै सबैको स्वाब परिक्षण हुने बताइएको छ। उनीहरु सबैको रिपोर्ट नआएसम्म महाशाखाबाट हुने सबै काम स्थगित गरिएको छ ।