जब कोरोनाको त्रासले १४ लाख पैसा धोए !

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसले विश्वका सबै जसो क्षेत्रमा असर गरेको छ। मानिसहरुले यस घातक भाइरसको कारणले उत्पन्न भएको चुनौतीको सामना गर्न पूरा सावधानी अपनाइरहेका छन्। घरबाट बाहिर निस्कँदा सामाजिक दूरी कायम गर्ने, शक्त नियम पालना गर्ने गरिरहेका छन्। यस बीच, सबैलाई चकित पार्ने एक घटना अगाडि आएको छ। कोरोना भाइरसको डरको कारण, एक व्यक्तिले मोटो रकम वाशिंग मेसिनमा धोएका छन्।

वास्तवमा, यो दक्षिण कोरियाको घटना हो। स्थानीय मिडियाका अनुसार दक्षिण कोरियाको सियोल नजिकको आन्सन शहरमा बस्ने एक जना व्यक्तिले कोरोना भाइरस संक्रमणको डरले गर्दा आफ्नो सबै पैसा कीटाणुरहित गर्न वाशिंग मेशिनमा करिब १४ लाख रूपैयाँ धोए। यस पछि, उक्त पैसा सुकाउनको लागि ओभनमा राखे जसको कारण धेरै नोटहरू लाष्ट पनि भयो। नोट बिग्रिए पछि ती व्यक्ति पैसा साट्न भनेर ‘बैंक अफ कोरिया’ पुगे। बैंकका अधिकारीका अनुसार अधिकांश नोटहरू बिग्रेको थियो।

बैंक अफ कोरियाको अनुसार क्षतिग्रस्त नोटहरू नियम अन्तर्गत साट्न सकिन्छ। त्यसपछि, बैंक अफ कोरियाले उक्त व्यक्तिलाई नियम अन्तर्गत १९,३२० नयाँ मुद्रा प्रदान गर्‍यो। बैंकका अधिकारीहरूले भने कि धेरै नै बिग्रिएको कारण हामीले त्यस व्यक्तिको केही नोटहरू भने साट्न सकेनौँ।  बाँकी नोटहरू बैंकको नियम अनुसार साटियो ।  बैंक अधिकारीहरूले गोप्यताका कारण उक्त व्यक्तिको बारेमा कुनै व्यक्तिगत जानकारी भने प्रदान गरेनन्।

प्रकाशित : आइतबार, साउन १८, २०७७१६:२४

यी व्यक्तिले फलाए छतमै ४० प्रकारका आँप !