शुक्रले गर्यो राशि परिवर्तन, यी ७ राशिलाई आर्थिक लाभ !

शुक्र ग्रह मिथुन राशिमा प्रवेश गरिसकेको छ।  सेप्टेम्बर १ सम्म शुक्र ग्रह मिथुन राशिमा रहनेछ। ज्योतिषशास्त्रमा शुक्रलाई धन-वैभव, कामुक, सौन्दर्य, कला र सबै प्रकारका भौतिक सुखको कारक मानिन्छ। मिथुन राशिमा शुक्रको उपस्थिति सात राशिका लागि अत्यन्त शुभ हुनेछ।

मेष राशि 

आर्थिक पक्ष मजबूत रहनेछ। तपाईले गरेको कामको प्रशंसा हुनेछ। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। कानुनी मुद्दाको मामलामा पनि निर्णय तपाईको पक्षमा हुने देखिन्छ। दाजु-भाइमा मतभेद हुनसक्छ। वैदेशिक यात्रा वा विदेशी नागरिकताका लागि आवेदन दिन समय शुभ रहेको छ।

वृष राशि 

वाहन तथा घर-जग्गा खरिद बिक्रिको लागि शुभ समय रहेको छ। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ। आर्थिक लेन-देनको लागि पनि समय निकै उत्तम रहेको छ। सरकारी क्षेत्रबाट लाभ प्राप्त हुने देखिन्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। आफ्नो क्रोध र वाणीमा संयम राखेर कम गर्दा सफलता प्राप्त हुनेछ।

सिंह राशि

आयको स्रोत बढ्नेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। कर्यक्षेत्रमा उच्च पदाधिकारीसँगको सम्बन्ध सुमधुर हुने देखिन्छ। व्यापार व्यवसायमा विस्तार हुनेछ। विद्यार्थीको लागि शुक्रको गोचर परिवर्तन अनुकूल रहनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। परिवारसँग सुखमय समय बित्नेछ।

कन्या राशि

सरकारी क्षेत्रमा विशेष लाभ मिल्ने देखिन्छ। सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ। आमा-बुवाको स्वस्थ्यमा समस्या आउन सक्छ,विशष ध्यान राख्नुहोला। राजनैतिक क्षेत्रमा पनि समय अनुकूल रहने देखिन्छ। पदोन्नती हुने सम्भावना रहेको छ।

तुला राशि

धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ कार्य कार्य सुरु गर्नको लागि यो समय निकै उत्तम रहेको छ। कुनै पनि कार्यमा भाग्यको पूरा साथ मिल्नेछ। परिवारको अग्रज व्यक्तिको भरपूर सहयोग मिल्नेछ। व्यापार व्यवसाय क्षेत्रमा पनि समय अनिकूल रहेको छ।

धनु राशि

व्यापार व्यवसायमा विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ। कर्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। सरकारी क्षेत्रबाट पनि विशेष फाइदा हुने देखिन्छ। घरमा मांगलिक कार्यको आयोजना हुनसक्छ। विवाह सम्बन्धि छलफल सकारात्मक हुने देखिन्छ।

कुम्भ राशि

सन्तान सम्बन्धि रहेका समस्या समाधान हुनेछ। विद्यार्थी वर्गको लागि शुक्रको गोचर परिवर्तन निकै शुभ साबित हुनेछ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। व्यापारीको लागि समय अत्यन्त अनुकूल रहेको छ। नयाँ कार्य सुरु गर्नको लागि पनि समय शुभ रहेको छ।

प्रकाशित : आइतबार, साउन १८, २०७७१६:२३

किन लगाइन्छ जनै ? जनै लगाउनु वैज्ञानिक दृष्टिबाट पनि अत्याधिक फाईदाजनक, यस्ता छन् फाईदा