सनी देओल यी ३ नायकलाई देख्न पनि सक्दैनन् !

एजेन्सी- धेरै चर्चित एक्सन चलचित्रमा काम गरिसकेका सनी देओललाई पछिल्लो समय खासै सफलता भने मिलेको छैन। तर उनका चलचित्रहरु कुनै समयमा दमदार एक्सनको कारण हिट हुने गर्थे। कार्यक्रमहरुमा देखा पर्दा सनी देओल लजालु देखिने गर्छन्। तर वास्तविक जीवनमा उनी छिट्टै रिसाउने गर्छन्।

उनले बलिउडमा काम गर्न थालेको धेरै भैसकेको छ। यसक्रममा उनले धेरै साथि मात्र नभई दुश्मन समेत कमाएका छन्। सनी देओलका सबै भन्दै ठूला दुश्मनहरु निम्न छन्।

शाहरुख खान

यी दुईको दुश्मनी धेरै पूरानो रहेको छ। बलिउडमा सनीले सबै भन्दा धेरै घृणा गर्ने व्यक्तिहरुमा शाहरुखको नाम सबै भन्दा पहिला आउने गर्छ। यी दुईले फिल्म ‘डर’मा सँगै काम गरेका थिए। यहि चलचित्र रिलिज भैसकेको पछि यी दुईको सम्बन्ध बिग्रिएको थियो। यस पश्चात यी दुईको सम्बन्ध अहिले सम्म पनि सुधार आउन सकेको छैन।

अनिल कपूर

अनिल कपूर र सनी देओल बीचको दुश्मनी पनि पूरानो नै मानिन्छ। ‘राम अवतार’ चलचित्रको शुटिंगको क्रममा यी दुईको सेटमै झगडा भएको थियो। यस पछि यी दुईको सम्बन्ध कहिले पनि सुधार भएन। अझै पनि यी दुई बीच बोलचाल नहुने गरेको भारतीय मिडियाहरु बताउँछन्।

आमिर खान

सनी देओलको हिटलिस्टमा आमिर खान पनि रहेका छन्। यी दुई बीच दुश्मनी सन् २००१ देखि शुरु भएको बताइन्छ। सनीको फिल्म ग़दर: एक प्रेम कथा र आमिरको लगान एकै मीतिमा रिलिजको लागि तय भएको थियो। सनीले आमिरलाई चलचित्र केहि पछाडी सार्न अनुरोध गरे। आमिरले अटेर गरेपछि यी दुई बीच दुश्मनी शुरु भयो हो। अहिले सम्म पनि यी दुईको सम्बन्धमा सुधार भएको छैन।

प्रकाशित : आइतबार, साउन १८, २०७७०९:२५

यी साला-भिनाजुको जोडी बारे धेरैलाई थाहा नहुन सक्छ, बलिउडमा को-कसको साला, भिनाजु ?