काठमाडौंका ट्याम्पो चालकमा कोरोना देखियो !

सांकेतिक तस्विर

काठमाडौँ – काठमाडौंका एक ट्याम्पो चालकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार सफा ट्याम्पो चलाउने एक जना चालकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

टेकु अस्पतालमा गरिएको परिक्षणमा एक पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको नेपाल यातायात राष्ट्रिय व्यवशायी महासंघले जनाएको छ। महासंघका महासचिव सरोज सिटौलाका अनुसार संक्रमित चालकलाई आइसोलेसनमा राखिएको छ।

काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना गरी उपत्यकाका ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २ सय ४६ थपिए

आइतबार देशभर २ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४६ जनामा कोरोनाको पुष्टि भएको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। आइतबारको नयाँ पुष्टिसँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ। अहिले सम्म देशभर ३ लाख ९१ हजार बढी व्यक्तिमा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

गौतमका अनुसार नेपालका ८० प्रतिशत संक्रमित निको भएका छन्। अहिले सम्म कुल संक्रमित मध्ये १४ हजार ६ सय ३जना निको भैसकेको उनले जानकारी दिए। जस मध्ये १ सय ११ जना बितेको २४ घण्टामा निको भएका हुन्।

साथै गौतमले भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला कोरोना संक्रमण मुक्त भएको पनि बताए।

प्रकाशित : आइतबार, साउन १८, २०७७१२:३२

अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज, अभिषेकले दिए यस्तो जानकारी!