महानायक अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनि केहि दिन अगाडी आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएपछि अस्पताल भर्ना भएका थिए ।
उनले सामाजिक संजालमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्। साथै अभिषेक बच्चनले पनि एक ट्वीट गर्दै फ्यानहरुलाई आफ्नो पिताको कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै खुसि व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘मेरो पिताको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। तपाईहरु सबैको प्रेम र प्रथानालाई धन्यवाद।’
अमिताभ बच्चनको साथ अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको पनि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। तर उनीहरु सबैको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।
अमिताभ बच्चन अस्पतालको बेडबाट पनि आफ्नो प्रशंसकहरूसंग लगातार सामाजिक संजाल मार्फत टचमा रहेका थिए । रिपोर्ट अनुसार अमिताभ बच्चनका २६ स्टाफ मेम्बर्सको पनि स्वाब टेस्ट भएको थियो। जसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।