जनाई पूर्णिमाको शुभकामना व्यक्त गर्न मै सिमित भयो आजको ओली-प्रचण्डको बैठक, भोली फेरी वार्ता हुने !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता पनि बिना निष्कर्ष नै टुंगिएको छ। आइतबारबाट सुरु भएको बैठक सोमबार पनि कुनै सहमति नभई सकिकेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रचण्ड तर्फबाट नेता झलनाथ खनाल र ओली तर्फबाट सुवास नेम्वाङ पनि उपस्थित थिए।

वार्तामा प्रचण्डले स्थगित भएको स्थायी कमिटी बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । “स्थगित बैठक सुरु गरेर सबै समस्याको बारेमा छलफल गरौँ। लामो समय बैठक स्थगित गर्दा राम्रो सन्देश जाँदैन।” प्रचण्डको भनाई थियो। ओली भने पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडानमा थिए।

करिब डेढ घण्टाको छलफलपछि पनि बैठक आपसमा सहमति नाजुटेपछि भोलि पुन छलफल गर्ने निर्णयका साथ आजको वार्ता सकिएको थियो।

यस्तै, जनाई पूर्णिमाको अवसरमा दुवै नेताले बैठक सुरु हुने भन्दा अघि  एक-आपसमा शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित : सोमबार, साउन १९, २०७७०६:२३

उप-क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको शव फेला!