बँदेल मार्नका लागि थापिएको विद्युत्मा परेर दाजु-भाईको मृत्यु !

दाङमा करेन्ट लागेर दुई दाजुभाइको आज मृ-त्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उहाँका १० वर्षीय भाइ तेजबहादुरको मृ-त्यु भएको हो।

मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युत्मा परेर मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् लगिएको थियो। थापिएको विद्युत्को धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ।

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा जानुभएका तिनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित : सोमबार, साउन १९, २०७७०८:२८

भिएफएस ग्लोबल नेपालका कारण सर्वसाधारणहरु अन्योलमा !