सुशान्त सिंह राजपूतको निधनपछि उनकी दिदि श्वेता सिंह कीर्तिले सामाजिक संजालमा अभिनेतासँग सम्बन्धित सम्झना साझा गरिरहेकी छिन्। रक्षावन्धनको दिन श्वेताले सुशान्तको बाल्यकालका चित्रहरू साझा गरेकी छिन्।
चित्रमा सुशान्तकि आमा र चार दिदीबहिनी छन्। यी उनको बाल्यकालको चित्र हुन्। श्वेताले ट्विटरमा लेखिन्- ‘ह्याप्पी रक्षावन्धन मेरो प्यारो सानो भाई। हामी तिमीलाई धेरै माया गर्छौं र सधैं गरिरहन्छौं। तिमी सधैँ हाम्रो अभिमान थिएउ, हौ र रहिरहने छौ।’
Happy Rakshabandhan mera sweet sa baby… bahut pyaar karte hain hum aapko jaan… aur hamesha karte rahenge… you were, you are and you will always be our PRIDE! ❤️ @sushantsinghrajput #HappyRakshaBandhan pic.twitter.com/SKWU4MlLd9
— Shweta Singh Kirti (@shwetasinghkirt) August 3, 2020
सुशान्तको निधन १४ जूनमा भएको थियो। उनले बन्द्रा स्थित आफ्नै घरमा आत्मह-त्या गरेका थिए। उनको मानसिक स्थिति ठिक थिएन र उनि डिप्रेशनमा थिए भनिएको थियो। उनको मृ-त्युमा उनकै प्रेमिका रिय चक्रवर्तीको संलग्न रहेको भन्दै सुशान्तका पिता केके सिंह राजपूतले उजुरी गरिसकेका छन्।