जब ओली बालकोट स्थित निजी निवास पुगे … [तस्विर सहित]

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुर बालकोट स्थित निजी निवास पुगेका छन् । ओली सोमबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपश्चात बालकोटमा रहेको निजी निवास पुगेका हुन्।

ओलीको निजी निवासमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गाेकुलप्रसाद बाँस्काेटा बस्दै आएका छन्। ओलीलाई बाँस्कोटाले स्वागत गरेका थिए ।

पत्नी राधिका शाक्यसहित बालकोट पुगेका ओलीले निवास परिसर अवलाेकन गर्नुका साथै नेता कार्यकर्ता र छिमेकीहरूसँग भेटघाट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सूर्य थापाले जनाएका छन्।

बालकोटको घरमा आजको बसाईको क्रममा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिधिहरूसँग समेत छलफल गरेको बताइएको छ।

स्थायी रूपमा बलकोट बस्नेगरि कहिले आउनुहुन्छ ? भनेर गरिएको प्रश्नमा ओलीले अढाई वर्ष मात्रै आउने बताएका थिए।

तस्विर: प्रधानमन्त्री प्रेस सल्लाहकार

प्रकाशित : सोमबार, साउन १९, २०७७१३:१०

काठमाडौंका यस्ता होटल, रेष्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय !