काठमाडौंका यस्ता होटल, रेष्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय !

काठमाडौँ – सरकारले निर्धारण गरेको जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने काठमाडौं उपत्यकाका होटल तथा रेष्टुरेन्ट बन्द गरिने भएको छ।

भौतिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने लगायतका सरकारले निर्धारण गरेको मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गरिने बताए।

“अनुगमन भैरहेको छ। जसले जनस्वास्थ्यको मापदण्ड पालना गर्दैनन् त्यस्ता होटल तथा रेष्टुरेन्ट बन्द हुन्छन्।”,उनले भने।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपछि देशमा लगातार कोरोना भाइरस संक्रमितको संख्या बढीरहेको छ। यसरी संक्रमित संख्या बढ्नुमा जनस्वास्थ्यका मापदण्ड पालना नगरिनु रहेको स्वास्थ्यविद्हरुको निष्कर्ष छ।

देशभर थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि!

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६३७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको बताउनुभयो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३५८ जना व्यक्ति सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ९६१ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट ५७ जनाको मृ-त्यु भएको छ ।

प्रकाशित : सोमबार, साउन १९, २०७७१३:४०

सरकारको सार्थक पहल : ९० प्रतिशत जनसङ्ख्यामा पुग्यो विद्युत् पहुँच !