भिएफएस ग्लोबल नेपालका कारण सर्वसाधारणहरु अन्योलमा !

काठमाडौँ – भिएफएस ग्लोबल नेपालका कारण सर्वसाधारणहरु अन्योलमा परेका छन्। विभिन्न देशका लागि भिसा आवेदन दिएका सर्वसाधारणहरु भिएफएस ग्लोबल नेपालबाट आवश्यक जानकारी नपाउँदा अन्योलमा परेका हुन्।

भिएफएस ग्लोबलले काठमाडौमा स्थापना गरेको भिसा एप्लिकेशन सेन्टर अहिले कोरोना भाइरस महामारीका कारण बन्द छ। भिसा एप्लिकेशन सेन्टरबाट हुने कुनै पनि कार्य भइरहेको छैन। भिसा एप्लिकेशन सेन्टर हालको अवस्थामा बन्द रहेको जानकारी गराएपनि कहिले बाट खुल्छ भन्ने जानकारी नहुँदा धेरै सर्वसाधारण मारमा परेका छन्।

लकडाउन अगाडी विभिन्न देशका लागि भिसा आवेदन दिएका सर्वसाधारणहरुको पासपोर्ट नेपाल आइपुगेको बताइएपनि संकलन गर्न भने पाएका छैनन्।

भिएफएस ग्लोबलले काठमाडौमा स्थापना गरेको भिसा एप्लिकेशन सेन्टरमा सम्पर्क हुन नसक्दा र उचित जानकारी पाउन नसक्दा आफूहरु मारमा परेको पिडितहरु बताउँछन्।

एक पिडित भन्छन्,”मेरो भिसा काठमाडौँ स्थित भिसा एप्लिकेशन सेन्टर पठाइएको जानकारी पाएको छु। तर, संकलन गर्न पाएको छैन। सायद मेरो भिसा पनि ‘एक्सपायर’ भैसक्यो होला। कम्तिमा पनि कार्यालय सम्पर्कमा रहेको भए अन्योलता हुँदैन थियो होला।”

प्रकाशित : सोमबार, साउन १९, २०७७०९:४३

विद्यालयलाई तत्काल कक्षा सञ्चालन नगर्न आग्रह !