अख्तियारका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि !

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दर्जन भन्दा बढी कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनामा कोरोना देखिएको पुष्टि गरेका छन्। उनका अनुसार पुष्टि भएका संक्रमितहरुमा धेरै सुरक्षाकर्मी छन्।

मेची अस्पतालमा कोभिड–१९ को उपचार शुरु

मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोभिड–१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधबारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताए ।

अस्पतालको आइसोलेसनमा यसअघि कोभिड–१९ का सङ्क्रमितलाई राख्ने गरिएको थिएन तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचारसमेत गर्न थालिएको हो । सोमबार विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच सङ्क्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले जानकारी दिए ।

प्रदेशसभा सदस्य वसन्त बानियाँले मेची अस्पतालमा कोभिड सङ्क्रमितको उपचार हुनु र पिसीआर प्रयोगशलासमेत सञ्चालनमा आउनु झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङवासीका लागि समेत खुशीको विषय भएको बताए ।

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७०८:१२

कोरोना परीक्षण गराउँदा परिचयपत्र अनिवार्य !