काठमाडौँ – मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन्। उपत्यकाका तीनै जिल्लामा गरी मंगलबार ६२ जना कोरोना संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयक प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा ४८, ललितपुर १ र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको जानकारी दिए।
नयाँ पुष्टि सँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ।
देशभर थपिए २५९
मंगलबार देशभर २५९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। थप पुष्टिसँगै देशभर कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा सात हजार ६८५ जनाको पीसीआर रिपोर्ट आएको छ।
मंगलबार ६५ जनाको डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ। नेपालका कुल संक्रमित मध्ये ७१.५ प्रतिशत निको भएर घर फर्किएका छन्। मंगलबार थपिएका संक्रमित सहित पाँच हजार ९२५ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ मा ३३४, प्रदेश २ मा दुई हजार ४२७, बागमती प्रदेशमा ७१६, गण्डकी प्रदेशमा २६३, प्रदेश ५ मा ३३५, कर्णाली प्रदेशमा २९५ र सुदूरपश्चिममा एक हजार ५५५ जना संक्रमित उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।