वायु तत्वसँग सम्बन्धित यी राशिका व्यक्तिमा हुन्छ यस्ता खास विशेषता !

तुला,मिथुन र कुम्भ राशि वायु तत्व अन्तर्गत पर्छ। यी राशिका मानिसमा केहि विशेष गुणहरु हुन्छन्।

काल्पनिक र रहस्यमय 

तुला, धनु र मिथुनका व्यक्तिहरूको सबैभन्दा ठूलो विशेषता भनेको यिनीहरू धेरै काल्पनिक हुन्छन्, यिनीहरुका कल्पनाहरू आकाश छुने खालका हुन्छन्। त्यस्तै, यिनीहरुको व्यक्तित्व  रहस्यमय हुन्छ, यिनीहरु के सोच्छन्, यिनीहरुको अर्को कदम के-कस्तो हुन्छ भनेर कसैले अनुमान पनि गर्न सक्दैन।

सन्तुलन 

यी व्यक्तिहरू सन्तुलनमा विश्वास गर्छन्, दुई व्यक्तिको बीचमा सम्झौता गराउनु पर्ने छ भने यिनीहरू अगाडि बढ्छन्। वायु तत्व भएका मानिस कुनै पनि चीजलाई बढी सहन गर्न सक्दैनन्। यिनीहरुलाई कुनै पनि कुरा सन्तुलन गर्न सही लाग्छ।

सामाजिक 

यी व्यक्तिहरू अत्यन्त सामाजिक हुन्छन्, यिनीहरूको साथीहरूको संख्या पनि धेरै हुन्छ र यिनीहरु  प्राय: समारोहमा उपस्थित हुन्छन्। तिनीहरूसँग घुलमिल हुन धेरै सजिलो हुन्छ। यी व्यक्तिहरू धेरै मैत्री स्वभावका हुन्छन्।

योजना 

यिनीहरू योजनाबद्ध तरिकाले काम गर्न चाहन्छन्। यद्यपि यिनीहरूको योजनाहरू यत्ति ठूला छन् कि यो पूरा गर्न सम्भव छैन।

जिज्ञासु प्रवृत्ति 

यी व्यक्तिहरू धेरै जिज्ञासु प्रवृत्तिका हुन्छन्, यिनीहरूलाई अन्वेषक पनि भन्न सकिन्छ जसले सबै चीजको तह सम्म पुग्न खोज्छन्। “किन” सायद यिनीहरुको मनपर्ने शब्द हो।

न्यायप्रिय

जब यिनीहरूले कुनै निर्णय लिनुपर्छ, यिनीहरू त्यस मुद्दाको गहिराइमा जान्छन्। प्रत्येक पक्षको विश्लेषण पछि समान रूपले निर्णय लिनु यिनीहरूको विशेषता हो।

वौद्धिक आकर्षण 

वायु तत्व भएका व्यक्तिहरू कसै प्रति आकर्षित हुन्छन् भने, कारण शारीरिक उपस्थिति होइन तर  व्यक्तिको बौद्धिक क्षमता वा मानसिक शक्ति हो।

परिस्थिति अनुकूल 

तुला, मिथुन र कुभ राशिका व्यक्तिहरू वरपरको अवस्था र परिस्थितिहरूको आधारमा आफूलाई अनुकूल गर्छन्। यी व्यक्तिहरू धेरै सामाजिक हुन्छन् र मानिसहरूसँग छिटै घुलमिल हुन्छन्।

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७१८:०८

राती सुत्दा किन उत्तर दिशामा सुत्नु हुँदैन त ? जान्नुहोस् !