राममन्दिर निर्माणको शुभारम्भ भोलि, उत्सवका रुपमा मनाउन विश्व हिन्दू परिषद् नेपालको आहवान !

काठमाडौँ – फैलिरहेको कोरोना भाइरस संक्रमण महामारीका बीच भारतको उत्तर प्रदेशमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको निर्माणको शुभारम्भ गर्ने भएका छन् ।

बुधवार भारतको स्थानीय समय अनुसार दिउँसो १२ बजेर १५ मिनेट १५ सेकेन्डमा प्रधानमन्त्री नरेन्द्र मोदीले आधारशिला स्थापना गर्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्।

राम मन्दिर निर्माणको शुभारम्भमा भारतलगायत विश्वभरका हिन्दु संघसंगठनले विशेष उत्सवका रुपमा मनाउने भएका छन्। नेपालमा पनि विश्व हिन्दू परिषद्, नेपालले उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।

मंगलबार एक विज्ञप्ति निकालेर परिषद्ले कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै भोलि स्थानीय स्तरमै कार्यक्रमहरु गरी उत्सव मनाउन आह्वान गरेको छ।

“लगातार ४९२ वर्षको संघर्षको प्रतिफल, अयोध्यामा पुनः श्रीराममन्दिर निर्माण हुनु सम्पूर्ण सनातनी हिन्दूहरूको लागि गौरवपूर्ण क्षण रहेको छ । आज हामी विभूति सीता माताको घर निर्माण हुने गौरवपूर्ण क्षण आइपुगेको छ । श्रावण २१ गते अयोध्यामा भव्य श्रीराममन्दिर निर्माण कार्यको
शुभारम्भ हुँदैछ । त्यस विशेष दिनलाई विश्व हिन्दू परिषद्‌, नेपालले उत्सवको रूपमा मनाउने निर्णय गरेको छ । कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै उक्त दिन स्थानीयस्तरमै निम्न कार्यक्रमहरू गरी उत्सव मनाउन सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीलाई हार्दिक अनुरोध गर्दछौँ ।”,विज्ञप्ति जारी गर्दै परिषद्ले भनेको छ।

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७१३:४७

कोभिड–१९ का कारण ३० हजार चलचित्रकर्मी बेरोजगार !