काठमाडौँ उपत्यकामा ८० जनामा कोरोनाको पुष्टि, धेरै जस्तो भारत र प्रदेश २ बाट आएका !

काठमाडौँ – मंगलबार साँझ सम्म काठमाडौँ उपत्यकामा ८० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बन्ने अवस्थामा रहेको उपत्यकामा मंगलबार देशकै बढी ८० जनामा कोरोनाको पुष्टि भएको हो।

उपत्यका बाहिरबाट आउनेको संख्या बढेसँगै उपत्यकामा संक्रमितको संख्या बढेर गएको छ। मंगलबार पुष्टि भएका ८० मध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी रहेका छन्। त्यस बाहेक कोरोना संक्रमित उपत्यका बाहिरबाट आएका छन् भने केहि भारतबाट आएका छन्।

प्रदेश नम्बर २ का सबै जिल्ला र भारतबाट आउने धेरैमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

उपत्यका प्रवेश गर्ने विभिन्न नाका भएर आएका धेरैमा कोरोनाको पुष्टि भएको देखिन्छ। प्रदेश नम्बर २ बाट काठमाडौं छिर्नेमध्ये धेरैजना काभ्रे र भक्तपुरको साँगाहुँदै आएको हुँदा भक्तपुरमा संक्रमितको संख्या बढेको बताइएको छ।

कोभिडमा लापरवाही बढ्यो : अटेर गरे कैद

विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ ।

तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । “कोरोना सकिए झै गरेर लापरवाही गर्ने बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७१५:५७

राति आकाशमा देखिएको यस्तो दृश्यले सबै आश्चर्यचकित, यस्तो रहेछ खास कारण !