राति आकाशमा देखिएको यस्तो दृश्यले सबै आश्चर्यचकित, यस्तो रहेछ खास कारण !

काठमाडौँ – मंगलबार राति काठमाडौँ उपत्यका लगायत विभिन्न क्षेत्रको आकाशमा केहि अचम्म लाग्दा दृश्य देखिए। लगातार चम्किरहेको बिजुलीले धेरै ध्यान तान्यो। बिजुली चम्किएपनि आवाज नआउँदा चकित पर्दै धेरैले सामाजिक संजालमा तस्विर तथा भिडियो समेत पोस्ट गरे।

आकाशमा देखिएको उक्त दृष्य खासमा हिट लाइट्निङ अर्थात ‘ताप बिजुली’ थियो। यस्तो हिट लाइट्निङ प्राय मनसुनमा हुन्छ। मनसुनको समयमा जुन दिन पानी पर्दैन र गर्मी हुन्छ, त्यस्तो दिन आकाशमा ‘ताप बिजुली’ देख्न सकिन्छ।

किन हुन्छ यस्तो ?

मनसुनको समयमा हावामा पानीको मात्र उच्च अर्थात(ह्युमिडिटी-अर्द्रता) हुन्छ। वर्षा नभएको दिन तापक्रम बढेर जान्छ भने त्यसले तल्लो सतहको वायुको घनत्व घटाउँछ। जसकारण हावा सामान्यतया भन्दा अलि बढी बेगले माथि जान थाल्छ। त्यसक्रममा हावाका कणहरु बिच अत्याधिक घर्षण हुँदा विद्युतिय चार्ज उत्पन्न हुन्छ। सामान्यतया यस्तो विद्युतिय चार्ज अलि माथिल्लो तहमै उत्पन्न हुँदा खासै हामीले जमिनबाट सुन्दैनौं।

हिट लाइट्निङको क्रममा आकाशमा चट्याङ जस्तै देखिने प्रकाश मात्र देख्छौं। अन्य समयमा देखिने चट्याङ भन्दा हिट लाइट्निङ धेरै फरक हुन्छ। हिट लाइट्निङका क्रममा उत्पन्न हुने विद्युत अथवा चट्याङको झड्का जमीन सम्म आइपुग्दैन।

किन आजै देखिएको ?

मंगलबार उपत्यकाका केहि स्थानमा बाहेक अन्य स्थानमा वर्षा भएको छैन। जसकारण उपत्यकाको तापक्रम अन्य दिन भन्दा बढी छ। उपत्यकामा मंगलबार अन्य दिनहरु भन्दा अलि बढी गर्मी महशुस भएको छ। तल्लो सतहमा रहेको उच्च अर्द्रता सहितको हावा बेगले माथि जाँदा हावाका कणहरु बिच अत्याधिक घर्षण भएर विद्युतिय चार्ज उत्पन्न भए। जस कारण उपत्यकाबाट हिट लाइट्निङ देखियो ।

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७१७:५२

जब पाष्टरको घरभित्रबाट मान्छे कुहिएको गन्ध आयो …